काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।