८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल
अ अ+ अ-

काठमाडौँ । सहसचिव डाक्टर भीष्मकुमार भुसालले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् ।

प्राधिकरणका कार्यकारी प्रमुख छनौट प्रक्रिया जारी रहेकै समयमा भुसाललाई प्रमुखको जिम्मेवारी दिईएको हो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन (दोश्रो संशोधन) नियमावली २०८१ को प्रावधानअनुसार प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिव भुसाललाई गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।

भुसालले सोमवरदेखि नै कार्यकारी प्रमुखको कार्यभार सम्हालेका छन् । तात्कालिन प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलको कार्याकाल समाप्त पछि झन्डै १ महिनादेखि सो पद रिक्त थियो ।

पोखरेलको कार्यकाल समाप्त भएर पद रिक्त रहेको समयमा भुसालकै नेतृत्वमा प्राधिकरणको कार्यकारी समितिको बैठक पनि बसेको थियो । भुसालकै सक्रियतामा लामो समयदेखि अड्किएको भूकम्प र मनसुन पछिको पुनर्निर्माण योजना स्वीकृत भएको छ । त्यसैगरी जाजरकोट भूकम्पको १ वर्षपछि डिडिए गर्ने निर्णय भएको छ भनो डोटी भूकम्पको पुनर्निर्माण प्रक्रिया पनि यसै बीचमा शुरु भएको छ ।

रोकिएका कामहरु दुत गतिमा अघि बढाईरहेका डाक्टर भुसाललाई नै प्रमुख कार्यकारीको जिम्मेवारी दिएकाले आगामी दिनमा विपद् व्यवस्थापन कार्यमा पनि प्रभावकारी काम हुने विश्वास गरिएको छ ।
संघ तथा प्रदेशका विभिन्न मन्त्रालयमा बसेर काम गरिसकेका डाक्टर भुसालले गृह मन्त्रालयमा रहँदा गृह प्रशासन सुधार योजना, २०७८ ल्याउने तथा मिटर ब्याजी विरुद्धको कारवाहीको प्रथम प्रतिवेदन कानूनको मस्यौदा बनाउने काममा प्रमुख भुमिका निर्वाह गरेका थिए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको प्रमुख रहेको समयमा कार्यालय प्रमुखलाई नै पक्राउ गरेर सुशासन कायम गराउने सवालमा उल्लेखनिय काम गरेका थिए । स्टिङ अपरेसनमा उदाहरणीय काम गरेको भएपनि उनलाई ९ महिनामा नै सरुवा गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रहेको समयमा भुसालले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख लगायतलाई पक्राउ गरेका थिए । वैदेशिक रोजगार विभागका महानिर्देशकको रुपमा काम गरिसकेका छन् ।

स्पेनबाट अर्थशान्त्रमा विद्यावारिधी गरेका डाक्टर भुसालले अर्थव्यवस्था, शुसासन, वातवरण तथा विपद् व्यवस्थापन लगायतमा विशिष्ठ तहको तालिम पनि लिएका छन् ।

कर्मचारी प्रशासनमा कडा स्वभावका व्यक्तिको रुपमा पहिचान बनाएका भुसालले प्राधिकरणका प्रमुख कार्यकारी पद रिक्त रहेकै समयमा विपद् व्यवस्थापन सम्बन्धमा महत्वपूर्ण निर्णयहरु गराउन सफल भएका पनि छन् ।