काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ वटा नमुना परीक्षणमा मा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।