२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर)



अ+ अ-

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राति वासिङ्टनमा आफ्नो विजयी भाषण दिएका छन् ।

सपथग्रहणअघि दिएको यो भाषणमा ट्रम्पले विश्वमा तेस्रो विश्वयुद्ध हुनबाट रोक्ने बताए । ट्रम्पले भने– हामी तेस्रो विश्वयुद्धको धेरै नजिक छौं । यो ट्रम्पको प्रभाव हो कि चुनाव जितेको ३ महिनामै गाजामा युद्धविराम भएको छ ।’

ट्रम्पले युक्रेनमा जारी युद्ध र मध्यपूर्वका देशहरूमा फैलिएको अराजकता रोक्ने कुरा पनि गरेका छन् ।

ट्रम्पका अनुसार उनको सोमबारको सपथले अमेरिकी पतनको चार वर्षको अन्त्य गर्नेछ । ट्रम्पले आफ्नो अर्को कार्यकालमा ऐतिहासिक गतिमा काम गर्ने कुरा गरेका छन् । यो मेक्सिको सीमा सिल गरेर सुरु हुनेछ । ट्रम्पले भने ।

डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध नगर्ने दोहोर्‍याएका छन् । उनले सपथ लिएपछि यसका लागि कार्यकारी आदेश जारी गर्ने बताए । सम्बोधनका क्रममा ट्रम्पले टिकटक आजबाट फिर्ता भएको पनि बताए ।

तस्बिरः एएफपी