काठमाडौं । गत सोमबार देखी भै रहेको बर्षा अझै दुई दिन कायम रहने जल तथा मौषम विज्ञान बिभागले जनाएको छ । काठमाडौँ उपत्यका लगायत मुलुकमा अधिकासं भू भागमा दुई दिन देखी निरन्तर बर्षा भै रहेको छ । बाढी सूचना केन्द्रले कतिपय ठाउँमा अति भारी वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रले गण्डकी प्रदेशका केही जिल्लामा भारी वर्षा भएको जानकारी गराउदै ती क्षेत्रमा अझै वर्षा जारी रहेने जानकारी गराएको छ । निरन्तरको बर्षाका कारण साना नदीहरूमा पनि आकस्मिक बाढी आउनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम बढेकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा नै ठूलो वर्षा हुने सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तरपश्चिम सर्दै गरेकाले आउँदो शुक्रबारसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ।








