५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र लागू गर्न सरकारलाई बाटो खुल्ला गरेको छ । आइतबार सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्धय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले राष्ट्रिय परिचय पत्र कार्यन्वयन रोक्न माग गर्दे दायर रिट खारेज गरिदिएपछि कार्यन्वयनलाई बाटो खुलेको हो ।

यसअघि दिएको अन्तरिम आदेश आइतबार सर्वोच्चको पूर्ण इजलासबाट खारेज भएसँगै परिचयपत्र लागूगर्ने सरकारको निर्णय लागू हुने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लगायतका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारले निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट हालेका थिए । सो रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाई गर्दै तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकार भ्याकेटमा गएको थियो ।

सर्वोच्चले केही विषयमा निर्देशानात्मक आदेश जारी गरेको र फैसलाको पूर्ण पाठ अर्को दिन मात्र सार्वजनिक हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

२४ जेठ, २०८१ को मन्त्रिपरिषद निर्णयबाट सरकारले पहिलो चरणमा २८ जिल्लाबाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको थियो । त्यतिबेला नै १ माघदेखि थप ३८ जिल्लामा त्यसलाई विस्तार गर्ने निर्णय भएपछि पछि कार्यान्वयन हुन सकेको थिएन ।