२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको आदेश: राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुला



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र लागू गर्न सरकारलाई बाटो खुल्ला गरेको छ । आइतबार सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्धय अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले राष्ट्रिय परिचय पत्र कार्यन्वयन रोक्न माग गर्दे दायर रिट खारेज गरिदिएपछि कार्यन्वयनलाई बाटो खुलेको हो ।

यसअघि दिएको अन्तरिम आदेश आइतबार सर्वोच्चको पूर्ण इजलासबाट खारेज भएसँगै परिचयपत्र लागूगर्ने सरकारको निर्णय लागू हुने भएको छ ।

सामाजिक सुरक्षा भत्ता लगायतका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारले निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता रामबहादुर राउत र विमल पोखरेलले सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिट हालेका थिए । सो रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाई गर्दै तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध सरकार भ्याकेटमा गएको थियो ।

सर्वोच्चले केही विषयमा निर्देशानात्मक आदेश जारी गरेको र फैसलाको पूर्ण पाठ अर्को दिन मात्र सार्वजनिक हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

२४ जेठ, २०८१ को मन्त्रिपरिषद निर्णयबाट सरकारले पहिलो चरणमा २८ जिल्लाबाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको थियो । त्यतिबेला नै १ माघदेखि थप ३८ जिल्लामा त्यसलाई विस्तार गर्ने निर्णय भएपछि पछि कार्यान्वयन हुन सकेको थिएन ।