२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानीखोलामा सुरु भयो गाउँपालिकास्तरीय चौथो चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता



अ+ अ-

काभ्रे। काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खानीखोला गाउँपालिकाको आयोजना र कुमारी माध्यमिक विद्यालयको व्यवस्थापनमा आयोजित प्रतियोगिता वडा नम्बर ०४ स्थित जगथली फुलडाँडामा सुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ ‘लालध्वज’ले उदघाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै दोङले विद्यालय स्तरमा रहेका खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

गणतन्त्रपछि भएको संरचना अनुसार स्थानीय तहले खेलकुद प्रतियोगिता सञ्चालन गर्न थालेपछि खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास हुनुका साथै खेल पूर्वाधार निर्माणमा टेवा पुगेको दोङको भनाइ थियो ।

अर्को प्रसंगमा बोल्दै प्रमुख अतिथि दोङले वर्तमान सरकारले अध्यादेशको शासन चलाउन खोजिरहेको बताउँदै भने, ‘संसदलाई छलेर यो सरकारले अध्यादेशको शासन चलाउन खोजिँदैछ, यो सरकार निरंकुशतातर्फ अगाडि जान खोजेको देखिन्छ, त्यसको हामी सबैले प्रतिवाद गर्न जरुरी छ ।’ सांसद दोङले संविधानका विद्यमान प्रावधानलाई हटाएर संविधान संशोधन गर्न खोजे त्यसको प्रतिवाद हुने स्पष्ट पारे ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गणतन्त्र स्थापनापछि स्थानीय स्तरका विद्यार्थीहरुलाई राष्ट्रियस्तरका खेलहरुमा उतार्ने हेतुका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको बताए । अध्यक्ष थिङले त्यसअघि थपे, ‘खानीखोला सरकारले विकास भनेको सडक या भौतिक संरचनाको विकास मात्रै होइन, स्वाथ्य, शिक्षा, चेतना लगायतका अन्य क्षेत्रको समेत सर्वाङ्गीण विकास पनि हुन जरुरी छ भन्ने हेतुका साथ काम गरिरहेका छौँ ।’

राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा गाउँपालिकाका माध्यमिक तहस्तरीय ८ वटा र १ वटा आधारभूत तहस्तरीय विद्यालयको सहभािगता रहेको गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना निर्देशक समितिका सदस्य निशान मोक्तानले जानकारी दिए ।

उदघाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायतले मन्तव्य राखेका थिए । खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रमको सञ्चालन कुमारी मावि जगथलीका प्रधानाध्यापक लालबहादुर घिसिङले गरेका थिए ।