८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बोझेनी प्रदर्शनका क्रममा प्रक्राउ परेकालाई तत्काल बिनाशर्त रिहा गर्न राप्रपाको माग

बोझेनी प्रदर्शनका क्रममा प्रक्राउ परेकालाई तत्काल बिनाशर्त रिहा गर्न राप्रपाको माग
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोझेनी प्रदर्शनका क्रममा पक्राउ परेका स्थानीयबासीलाई अविलम्ब बिना शर्त रिहा गर्न माग गरेको छ ।

काठमाडौं शंखरापुर नगरपालिका ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सबस्टेसन लाईन स्थानान्तरणको माग राख्दै भएको शान्तिपूर्ण विरोध तथा जनप्रदर्शनमा प्रशासनले गरेको धरपकड तथा पक्राउ निन्दनीय र भत्सर्ना योग्य भन्दै पक्राउ परेकालाई तत्काल रिहाई गर्न माग गरेको हो ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्ति जबरजस्ती जनतालाई विस्थापित गर्ने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा निर्माण हुन लागिरहेको विद्युत प्रसारण लाइनको प्रारम्भिक विन्दु विद्युत सबस्टेसन लाईन स्थानान्तरणको माग राख्दै भएको शान्तिपूर्ण विरोध तथा जनप्रदर्शनमा प्रशासनले गरेको धरपकड तथा पक्राउ निन्दनीय र भत्सर्ना योग्य छ ।

बिज्ञप्तिमा भनिएको छ –काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सवस्टेशन क्षेत्रका प्रभावित स्थानीयले केही समयदेखि विभिन्न माग राखी प्रदर्शन गरिरहेको र प्रदर्शनका क्रममा केहीलाई पक्राऊ र प्रशासनिक धरपकड भएको घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। बस्तीको मध्य भागमा सवस्टेशन निर्माण हॅुदैगर्दा सवस्टेशनले ठूलो क्षेत्र ओगट्ने, ठूलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सवस्टेशन स्थानान्तरण गरिनुपर्ने स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबरजस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ।

बोझेनी प्रदर्शनका क्रममा पक्राऊ परेका १६ जना स्थानीयबासीलाई अविलम्ब र बिना शर्त रिहा गर्न, घाइते भएकाहरुको नि: शुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।