२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोझेनी प्रदर्शनका क्रममा प्रक्राउ परेकालाई तत्काल बिनाशर्त रिहा गर्न राप्रपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बोझेनी प्रदर्शनका क्रममा पक्राउ परेका स्थानीयबासीलाई अविलम्ब बिना शर्त रिहा गर्न माग गरेको छ ।

काठमाडौं शंखरापुर नगरपालिका ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सबस्टेसन लाईन स्थानान्तरणको माग राख्दै भएको शान्तिपूर्ण विरोध तथा जनप्रदर्शनमा प्रशासनले गरेको धरपकड तथा पक्राउ निन्दनीय र भत्सर्ना योग्य भन्दै पक्राउ परेकालाई तत्काल रिहाई गर्न माग गरेको हो ।

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गर्नुभएको बिज्ञप्ति जबरजस्ती जनतालाई विस्थापित गर्ने गरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहयोगमा निर्माण हुन लागिरहेको विद्युत प्रसारण लाइनको प्रारम्भिक विन्दु विद्युत सबस्टेसन लाईन स्थानान्तरणको माग राख्दै भएको शान्तिपूर्ण विरोध तथा जनप्रदर्शनमा प्रशासनले गरेको धरपकड तथा पक्राउ निन्दनीय र भत्सर्ना योग्य छ ।

बिज्ञप्तिमा भनिएको छ –काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सवस्टेशन क्षेत्रका प्रभावित स्थानीयले केही समयदेखि विभिन्न माग राखी प्रदर्शन गरिरहेको र प्रदर्शनका क्रममा केहीलाई पक्राऊ र प्रशासनिक धरपकड भएको घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। बस्तीको मध्य भागमा सवस्टेशन निर्माण हॅुदैगर्दा सवस्टेशनले ठूलो क्षेत्र ओगट्ने, ठूलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सवस्टेशन स्थानान्तरण गरिनुपर्ने स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबरजस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ।

बोझेनी प्रदर्शनका क्रममा पक्राऊ परेका १६ जना स्थानीयबासीलाई अविलम्ब र बिना शर्त रिहा गर्न, घाइते भएकाहरुको नि: शुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।