१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी



अ+ अ-

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत परिसरभित्र आफूमाथि हातपात गर्नेविरूद्ध जाहेरी दिएका छन् ।

आफूमाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव भएको भन्दै उनले प्रहरी वृत्त सिंहदरवारमा जाहेरी दिएका हुन् ।

बुधबार स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको थियो । उनीमाथि हातपात गरेको अभियोगमा प्रहरीले ललितकुमार केसीलाई नियन्त्रणमा लिएको छ ।

त्रिपाठीले सिसिटिभीमा हेरेर केसीलगायत आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।