८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह

शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह
अ+ अ-

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई शुद्धखानेपानी तथा सरसफाईको पहुँचमा पुर्‍याउनका लागि आवश्यक पर्ने थप सहयोग एवम् सल्लाका लागि आग्रह गर्नु भएको छ ।

आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधी एलिस् अकुङ्गाबीच भएको भेटघाट तथा छलफलका क्रममा उहाँले सो आग्रह गर्नु भएको हो । मन्त्री यादवले बिसं २०७६ असोज १३ गते नेपाल एसियाकै प्रथम खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न सहयोग गर्ने विकास साझेदार संस्था मध्ये एक युनिसेफ भएको बताउनु हुँदै युनिसेफको खुलेरै प्रशंसा एवम् धन्यवाद व्यक्त समेत गर्नु भएको थियो ।

सोही क्रममा मन्त्री यादवले दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी सरसफाई तथा स्वचछता (वास) सम्बन्धी लक्ष्यहरु पूरा गर्न दीर्घकालीन रणनीतिक योजना बनाउन युनिसेफसँगको सहजीकरण आवश्यक रहेको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो, “खानेपानी, सरसफाई लगायतको क्षेत्रमा युनिसेफले राम्रा कामहरु गर्दै आइरहेको छ, आगामी दिनहरुमा पनि यहाँमा दुर्गम क्षेत्रका नागरिकलाई शुद्धखानेपानी तथा सरसफाईको पहुँचमा पुर्‍याउनका लागि युनिसेफको सहयोग हामीलाई आवश्यक छ ।”

सरकारले नागरिकलाई घरघरमा शुद्ध पानी बितरणका लागि गरीरहेको कार्यमा थप आवश्यक सहयोग गर्न युनिसेफको खाँचो रहेको उक्त छलफलमा मन्त्री यादवले बताउनु भएको थियो । सरकार तथा युनिसेफले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपालमा भइरहेका कामहरुको बारेमा चर्चा गरिएको थियो ।

छलफलकै क्रममा मन्त्री यादवले युनिसेफले नेपालमा खानेपानी, सरसफाई एवम् श्वच्छताका क्षेत्रमा थुप्रैकाम गरेको प्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि नेपालमा युनिसेफले खानेपानीका क्षेत्रमा के कस्ता कामहरु रहेका छन् सो विषयमा जानकारी लिनु भएको थियो । सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरु अगाडि बढाउने विषयमा पनि समझदारी भएको छ ।

उक्त छलफलमा नेपालका ७५३ वटै पालिकाहरुमा खानेपानी, सरसफाइ, र स्वच्छता योजना (वास प्लान) बनाउन सहकार्य गर्ने, खानेपानी मन्त्रालयका प्राविधिकहरुलाई स्वदेश वा विदेशमा के कस्तो तालिम दिन सकिन्छ सो विषयमा आवश्यक संयुक्त पहल गर्ने लगायतका विषयमा बिस्तृत रुपमा छलफल गरिएको थियो । सोही क्रममा मन्त्री यादवले युनिसेफका प्रतिनिधी अकुङ्गालाई बालबालिकाको क्षेत्रमा काम गर्ने र बाल मृत्युदर, कुपोषणको प्रमुख कारण खानेपानी तथा सरसफाइको पहुँचको अभाव भएकाले बढी बाल मृत्युदर भएका क्षेत्रहरुमा, बालबालिका बढी कुपोषण भएका क्षेत्रहरुमा हामीले प्रमुख कार्यक्रम ल्याउने भयौँ भने तपाइँहरुले हामीलाई कसरी सघाउन सक्नु हुन्छ भनेर प्रश्न गर्नु भएको थियो ।

नेपालको खानेपानी क्षेत्रको तत्थ्याङ्क हेर्दा २७ प्रतिसत नागरिक शुद्ध खानेपानीको पहुँचमा रहेको भनिएतापनि आफुले स्थालगत रुपमा निरीक्षण गर्दा करिब २० प्रतिसतको मात्रै शुद्ध खानेपानीको पहुँच रहेको देखिएकाले समुदायमा सुरक्षित पानी पुर्‍याउन प्रत्येक वितरण प्रणालीमा क्लोरिन राख्ने यन्त्र जडान गर्न युनिसेफको आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका उच्च हिमाली, पहाडी तथा तराईका जिल्लामा स्थलगत रुपमा अनुगमन गर्न जाँदा नागरिकले अझै डोकोमा खानेपानी बोक्नु पर्ने बाध्य छ । उक्त पानी खाएकै कारण बालबालिकाहरुमा रोग लाग्ने गरेको छ । यो चमत्कारी कामका लागि तपाईहरुको सहयोग आवश्यक ठानेका छौँ ।”
पानीको गुणस्तर जाँच, शुद्धीकरण र गुणस्तरीयता मापन, विभिन्न दातृ निकायहरुसँग एकद्वार प्रणालीमार्फत खानेपानी तथा सरसफाइ क्षेत्रका परियोजनाहरु, युनिसेफसँग मिलेर पूर्वसूचना प्रणाली तथा अस्थायी खानेपानी आपूर्ति प्रणाली सिर्जना गर्ने विषयमा छलफल भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडिले जानकारी दिनुभयो ।

उक्त छलफलका क्रममा नेपालका लागि युनिसेफका प्रतिनिधी अकुङ्गाले खानेपानी, तथा स्वास्थ्य सरसफाईको क्षेत्रमा बिगतदेखि काम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि खानेपानी तथा सरसफाईको क्षेत्रमा अझै बृहत सहयोग गर्ने बताउनु भएको थियो । उहाँले भन्नुभयो,“नेपालमा खानेपानी, सरसरफाईको क्षेत्रमा पाँच वर्षे रणनिती अनुसार कार्ययोजना बनाएर अहिले काम गर्दैछौँ । यसपछिको योजनामा अझै बढी बैठकहरु गरेर बृहत काम गर्ने योजनामा छौँ ।”

उक्त कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव ई मिना श्रेष्ठ, ई रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ तथा युनिसेफका तर्फबाट दण्डिराम विश्वकर्मा, अरनिता मास्के श्रेष्ठ, मोहमद् ईफरान लगायतको सहभागिता रहेको थियो ।