२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन्ः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको दाबी गर्नुभएको छ ।

मंगलवार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाएपनि जनतालाई सन्तुष्टि दिनेगरी काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताउनु भयो ।

उहाँले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरेपनि राम्रो काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राख्नुभयो । उहाँले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट नेताले एक पटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताउनु भयो ।

उहाँले कम्युनिष्ट पार्टीको नेताले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरु पनि छन् । निमुखाको आवाज बोक्ने पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसंगतिहरु आएका छन् । मुलुक चलाउने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका मान्छे छन् । तर जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याइदिएका छन् ।

कम्युनिष्टको नाममा गैर कम्युनिष्ट काम गर्नु हुँदैन । कम्युनिष्टको नाम र मर्यादा राख्नुपर्छ । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नुपर्छ । एक पटक कीर्तिमान कायम गरेर हुँदैन । विगतमा खेलेका भुमिकाको प्रशंसा गर्नुपर्छ । जीवन जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि लगाउनुपर्छ भन्ने भावना सम्प्रेसन गरी युवाहरुलाई असल बाटोमा लैजान सक्यौं भने मात्रै पिस्करका सहितहरुको सपना पूरा हुन्छ ।’

उहाँले जनताको सेवा,मानव कल्याण र समाज परिवर्तनको लागि काम गर्ने भावना संप्रेषण गरी युवाहरुलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदहरुको सपना पूरा हुने उल्लेख गर्नुभयो ।