२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाज निर्माण हुन्छः शिक्षामन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताउनुभएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा काठमडाौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षासँग योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताउनु भयो । उहाँले योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिकसत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिवद्धता जनाउनु भयो । शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताउनु भयो । योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘योगलाई कक्षा कोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी संकल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ । जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस् । त्यसका लागि अब आउने सेसनबाट हाम्रा अभ्यासहरु शुरु गर्नुपर्छ । त्यस काममा लाग्नुपर्छ । त्यसप्रति प्रतिवद्ध भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाग्नेछ । शिक्षा र स्वास्थ्य आजको महत्वपूर्ण विषय हो । यो राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय छ । शिक्षा र स्वास्थ्यबीचको तादात्म्यताले मात्रै हामीले समृद्ध समाजको निर्माण गर्नसक्छौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ ।’

मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएरु अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउनसकिने उल्लेख गर्नुभयो । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भएपनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताउनु भयो ।