८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

धुम्बाराही तरकारी बजारका आलु प्याज व्यापारी पसल छोडेर हिँडे

धुम्बाराही तरकारी बजारका आलु प्याज व्यापारी पसल छोडेर हिँडे
अ अ+ अ-

काठमाडौं । धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नं. स्टलका व्यापारी थिए । बाँकी पसलमा थिएनन् । बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । स्टल २ का व्यापारी बद्री शिवाकोटी भन्दै हुनुहुन्थ्यो — ठूला व्यापारीले गलत गरे होलान् समस्या हामी साना व्यापारीलाई हुन्छ । उनको यो भनाइबाट बुझ्न सकिन्छ । अरु व्यापारी अनुगमन टोली आएको खवर सुनेर पसलबाट हिँडेका हुन् । 

पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए । पूजा गर्दा बालेको बत्ती निभेकै थिएन । शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् । 

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए — पानी परेर सामान नआएर बेच्नका लागि सामान छैन । 

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो । मैदामा चिल्याँसा परेको थियो । त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो । पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भन्दैहुनुहुन्थ्यो — कालो दाल भर्खर ल्याएको । यो दालमा ल्याउँदै कीरा थियो । कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त? प्रश्नको उत्तरमा उनले भनिन् — एउटाबाट फिँजियो होला । 

अनि सबै सामान त ओसिएको छ त? प्रश्नमा जवाफ दिँदै उनले भनिन् — पानी परेर सबै ओसियो । 

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ के. जी. आँटा, १० के. जी. सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० के. जी. मासको दाल, ९० के. जी रहरको दाल बिक्री रोक्का गरेको छ ।  

अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ ।