११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

नेपाल कबड्डी लिगको रोनकता शुरु हुँदै

नेपाल कबड्डी लिगको रोनकता शुरु हुँदै
अ अ+ अ-

काठमाडौँ । पहिलो पल्ट हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दै नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता शुरु भएको छ ।

निकै चर्चा र लोकप्रियतासँगै क्रिकेटको फ्रेन्चाइज प्रतिष्पर्धा सकिन नपाउँदै कबड्डीको पनि व्यावयायिक प्रतिष्पर्धा शुरु हुन लागेको हो । आगामी माघ ४ गतेदेखि ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने एनकेएल शुरु हुँदैछ । एनकेएलको पहिलो संस्करण नजिकिँदै गर्दा नेपालमा अर्को फ्रेन्चाइज लिगको चर्चा शुरु भएको हो । विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दैछन् । सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुवन्धित गरिसकेको छ ।

थाइल्याण्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । आयोजक एक्स्ट्रोनिक्स म्यानेजमेन्टले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै काठमान्डु माभरिक्सका मार्की खेलाडी घनश्याम रोका मगरलाई सार्वजनिक गरेको छ ।

उनी पहिलो संस्करणको एनकेएल खेल्ने स्टार खेलाडी हुन् । भारतको चर्चित प्रो कबड्डी लिग खेलिसकेका घनश्याम नेपाल टोलीका कप्तान पनि हुन् । आयोजकले आगामी शुक्रवारदेखि शुरु हुने एनकेएलको स्टार खेलाडी सार्वजनिक गरेसँगै नेपालमा कबड्डी लिगको चर्चा शुरु भएको हो ।

भारतमा नै जन्मिएका घनश्यामले त्यहीँ नै कबड्डी सिक्दै व्यावसायिक खेलमा सफलतासँगै नेपालको राष्ट्रिय टोलीसम्मको नेतृत्व गरिरहेका छन् । सन् २०२३ मा बंगलादेशमा भएको बंगबन्धु कबड्डी कपबाट नेपाली टोलीमा डेब्यु गरेका घनश्यामले पछिल्ला दुई सिजन भारतको प्रो कबड्डी लिगमा हरायाणा स्टिलर्सबाट खेल्दै आएका छन् । उनको नेतृत्वमा नेपालले जुनियर विश्व च्याम्पियनसिपमा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । उनै घनश्याम नेपाल कबड्डी लिगमा काठमाण्डु माभरिक्सका मार्की खेलाडी हुन् । भारतमा जन्मिएर त्यहाँ नै कर्मथलो बनाएकाले उनी राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन् ।

सोमवार पत्रकार सम्मेलनअगाडि नै उनले क्षमा माग्दै हिन्दी भाषामा बोल्ने अनुमति लिएका थिए । केही वर्षअगाडि नेपाल आउँदा कबड्डी खेल त्यति धेरै लोकप्रिय नभए पनि पछिल्ला समय यो खेलले धेरै उचाई लिएको घनश्यामले बताएका छन् ।

एनकेएलको आयोजनाले नेपाली खेलाडीलाई आफ्नो क्षमता देखाउन राम्रो माध्यम बन्ने उनले विश्वास व्यक्त गरेका छन् । उनले नेपालमा धेरै राम्रा खेलाडीहरू रहेको पनि उल्लेख गरेका छन् । आफू नेपालबाट पनि खेल्दै आएको र आगामी दिनमा पनि नेपालकै झण्डामा खेल्ने उनको भनाइ छ ।

घनश्यामले आफ्नो बाबुआमा रोल्पाको लिबाङबाट ३२ वर्षअगाडि काम गर्ने सिलसिलामा भारत गएको बताए । उनले त्यहाँ नै आफू हुर्किएको र त्यही खेल सिकेको उल्लेख गरेका छन् । रेडरको भूमिकामा खेल्दै आएका घनश्याम काठमान्डु माभरिक्सबाट सरोजकुमार सिंहको प्रशिक्षणमा खेल्नेछन् ।

उनले नेपाल कबड्डी लिगको आयोजनालाई लिएर आफू र अन्य खेलाडी निकै उत्साहित रहेको बताएका छन् । उनले सबै फ्रेन्चाइज टोली राम्रो रहेको उल्लेख गर्दै आफ्नो टोली उपाधि जित्ने गरी खेल्ने विश्वास व्यक्त गरेका छन् । घनश्यामले आफ्नो टोलीमा बंगलादेश र थाइल्याण्डका दुई राम्रो खेलाडी रहेको पनि उल्लेख गरेका छन् । खेलमा यसै हुन्छ भन्न नसकिए पनि लक्ष्य उपाधि जित्नु नै रहेको उनको भनाइ छ ।

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्टमा ८४ खेलाडी उल्लेख थियो । यहाँबाट नै खेलाडी टोलीमा आबद्ध भएका हुन् । सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ । अन्य टोलीको मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की,

जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन् । सबै टोलीको प्रशिक्षक पनि तय भइसकेको छ । विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् ।
बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ ।

जनकपुरकी प्रशिक्षक पार्वती १९ औं एशियाली खेलकुदमा नेपाली महिला टिमले काँस्यपदक जित्दाकी प्रशिक्षक हुन् । भारतका सतिशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुई देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् । एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन् ।