१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग

स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न माग
अ अ+ अ-

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले वदेशी तथा विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रण गर्न सरकारसँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले सरकारले उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन बताउनु भयो । उहाँले सडक संरचना बचाउन र दुर्घटना न्युनिकरण गरी सर्वसाधरणको जीवन रक्षा गर्न,उपभोक्ताहरुलाई सर्व सुलभ सेवा प्रदान गर्न र ट्रकको क्षेत्रमा भएको खर्बौंको लगानी सुरक्षित गर्न माग गर्नुभयो । उहाँकाअनुसार महासंघले भारतीय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने, मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यबिधि २०७४ लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै नेपाल प्रवेश गर्ने भारतिय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन, नेपालका जिर्ण पुल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिन्ह राखिनुपर्ने माग समेत गरेको छ । महासंघले ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन् वा छैनन् भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाँच गरिनुपर्ने माग गरेको छ । साथै अधिक भारवहन गरेको पाइए जरिवानासहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने माग राखेको छ ।

पुस २६ गते भारतीय मालवाहक एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्याधिक भारवहन गरी सञ्चालन भएकाले दुम्किवासमा रहेको विनय खोलाको पुल भाँचिएको थियो । जसबाट सवारी साधन सञ्चालनमा समेत बाधा पुगेको थियो ।