८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भारतीय प्रधानमन्त्री मोदीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन

भारतीय प्रधानमन्त्री मोदीद्वारा चीन सीमा क्षेत्रतर्फको रणनीतिक सुरुङ उद्घाटन
अ अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक रणनीतिक हिमाली सडक सुरुङको उद्घाटन गर्नुभएको छ । उक्त सडकले प्रतिद्वन्द्वी चीन र पाकिस्तानसँगको विवादित उच्च–भूमि सीमा क्षेत्रहरूतर्फ सबै मौसममा पहुँच पुर्याउने छ ।

छ दशमलव चार किलोमिटर ९चार माइल० लामो र वर्षको चारदेखि छ महिनासम्म हिउँले बन्द हुने खतरनाक पर्वत भञ्ज्याङमुनि फैलिएको जेड–मोड वा सोनमार्ग सुरुङ सीमा क्षेत्रहरूमा व्यापक पूर्वाधार अभियानको एक हिस्सा हो ।

यसले भारत–प्रशासित काश्मीरलाई लद्दाखसँग जोड्न मद्दत गर्छ र सैन्य आपूर्तिको द्रुत परिचालन सम्भव बनाउन श्रीनगर–लेह राजमार्गलाई वर्षभरि खुला राख्न सघाउँछ ।

“यहाँ सुरुङको उद्घाटनसँगै कनेक्टिभिटी उल्लेखनीय रूपमा सुधार हुनेछ”, एक दशक लागेको ३१ करोड ३० लाख डलरको यस परियोजनाको रिबन काटेर चिसोबाट जोगिन ज्याकेट लगाउनुभएका प्रधानमन्त्री मोदीले भन्नुभयो ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीन दक्षिण एसियामा रणनीतिक प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र उनीहरूको तीन हजार पाँच सय किलोमिटर साझा सीमा तनावको स्थायी स्रोत बनेको छ ।

सन् २०२० मा दुवै देशका सेनाहरू बीच झडप हुँदा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिए र दुवै पक्षका सेनाहरू आज विवादित उच्च–भूमि सीमा क्षेत्रहरूमा आमनेसामने छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र मोदीबीच पाँच वर्षमा पहिलो औपचारिक बैठक हुनुभन्दा केही समयअघि बेइजिङ र नयाँदिल्ली अक्टोबरमा विवादित क्षेत्रहरूमा गस्ती गर्न सहमत भएका थिए ।

सोही मार्गमा रहेको अर्को १३ किलोमिटर लामो जोजिला सुरुङ आधाभन्दा बढी सम्पन्न भएको छ र सन् २०२६ मा खुल्ने सूचना मन्त्रालयले जनाएको छ ।

जेड–मोड सुरुङमा अक्टोबरमा बन्दुकधारीहरूले सात कामदारको हत्या गरेका थिए । यो विवादित काश्मीरमा दशकौँदेखि चलिरहेको विद्रोहको हिस्सा थियो ।

मुस्लिम बहुल काश्मीर सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि भारत र पाकिस्तानबीच विभाजित भएको छ र दुवै देशले यस हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्छन् । विद्रोही समूहहरूले काश्मीरको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दछन् ।

भारतले विश्वकै सबैभन्दा अग्लो चेनाब रेल पुल निर्माणसहित मैदानी भू–भागलाई पहिलो पटक काश्मीरसँग जोड्ने तीन अर्ब ९० करोड डलरको रेलमार्ग पनि निर्माण गरेको छ ।

दुई सय ७२ किलोमिटर लामो रेलमार्ग सेनाको उत्तरी कमान्डको मुख्यालय रहेको ग्यारिसन सहर उधमपुरबाट सुरु भई क्षेत्रको राजधानी श्रीनगरसम्म पुग्छ ।