१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल

फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल
अ अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।

उहाँले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पु¥याउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारहरुले मात्रै पाँच तारे हुन नसक्ने बताउनु भयो । उहाँले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताउनु भयो । उहाँले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताउनु भयो । उहाँले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘ पाँच तारे हाटेल फास्ट फुड पूर्वाधारहरुले मात्रै हुँदैन । ठूलो स्पेश हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरुको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’

उहाँले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजिकरणको लागि काम गरिरहेको बताउनु भयो ।