१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छः मन्त्री अधिकारी

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छः मन्त्री अधिकारी
अ अ+ अ-

ललितपुर ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताउनुभएको छ ।

विज्ञान प्रवर्द्धनका लागि जापानी समाज (जेएसपीएस) को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन (एनजेएए) द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषि उत्पादनमा हानी नोक्सानी गर्ने बाँदरलगायतका वन्यजन्तुका गतिविधिका कारण देशभरका किसान चिन्तित भएका बताउनुभयो । कृषि क्षेत्रमा पु¥याउने नकारात्मक गतिविधिलाई रोक्न तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मानव वन्यजन्तुबीचको द्वन्द्व गम्भीर चुनौतीका रुपमा देखापरेको छ, मानिसको जनसङ्ख्या वृद्धिसँगै वन्यजन्तुको प्राकृति आहार तथा बासस्थान खण्डीकरण र सङ्कुचन भई आहार र बासस्थानको खोजीमा मानववस्तीमा वन्यजन्तु पस्दा द्वन्द्व मानव र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बाँदर, बँदेल, दुम्सी, हात्ती गैँडा जस्ता जनावरले किसानका खेतीबालीमा क्षति पु¥याउने समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो ।

“बाँदर आतङ्क बढेपछि किसानले खेती गर्ने उत्साह गुमाउँदै गएका छन्, गाउँबस्ती उजाड जस्तै बन्न थालिसकेको छ, बसाइँसराइको क्रम आकाशिएको छ”, मन्त्री अधिकारीले भन्नुभयो । उहाँले गाउँघर सुनसान हुँदै गएको र ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाझिने क्रम बढेकाले कृषि क्षेत्रमा मात्रै नभइ देशको समग्र अर्थतन्त्र र खाद्य सुरक्षामा नै प्रभाव पारेको बताउनुभयो ।

“बाँदरलगायत वन्यजन्तुका कारणले नेपालको राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने देखिएको छ, बिगत दुई दशकमा नेपालमा मानव जातिमा देखापरेको ६० प्रतिशत उदीयमान सङ्क्रामक रोगहरु पशुमा सङ्क्रमण भएर देखापरेका छन् । वैज्ञानिक, सामाजिक, आर्थिक र मानवशास्त्रीय अध्ययनमार्फत जोखिम व्यवस्थापन र न्यूूनीकरण हुनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

मन्त्री अधिकारीले बन्यजन्तुमा रोग निगरानी प्रणाली आवश्यक छ भन्नुभयो । “बन्यजन्तुबाट पशु हुँदै मानवमा रोगको फैलावटलाई रोक्न प्रभावकारी कदम चाल्न आवश्यक छ, जङ्गली जनावर र मानव द्वन्द्व निवारण, समस्याग्रस्त जङ्गली जनावरको उद्धार तथा व्यवस्थापन, जङ्गली जनावरको आनीबानी तथा तिनीहरुबाट मानिसमा सर्ने रोग न्युनिकरण गर्न जनचेतना जगाउन आवश्यक छ, प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रका किसान, जनप्रतिनिधि, नागरिक समाजसमेतको सहभागितामा जनावर र मानवद्वन्द्व नियन्त्रण सम्बन्धि क्रियाकलापहरु सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको छ”, उहाँले भन्नुभयो।

मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोडिएकाले सबैले हातेमालो गर्दै यो चुनौतीलाई अवसरमा बदल्नुपर्ने मन्त्री अधिकारीले बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का उपकुलपति प्राध्यापक दिलिप सुब्बाले मानव जनसङ्ख्या बृद्धिसंगै बन्यजन्तुले आफ्नो गतिविधि सहज रुपमा गर्न नपाएकाले मानव वन्यजन्तु द्वन्द्व बढेको बताउनुभयो । उहाँले वन्यजन्तुले आफ्नो वासस्थान र सिकार गर्ने क्षेत्रको संकुचन हुँदा मानव वस्तीहरुमा परेर खेतीबाली नोक्सानी गर्ने गरेको भन्दै यसले खाद्य सुरक्षामा चुनौती थपेको बताउनुभयो ।

नेपालका लागि जापानी राजदूत तामुरा ताकाहिरोले आधुनिक समाजमा बन्यजन्तु व्यवस्थापन ठूलो चुनौती बनेको धारणा राख्नुभयो । उहाँले जलवायु परिवर्तनले उनीहरुको बासस्थान र सिकार खेल्ने क्षेत्रमा प्रभाव परेको छ भन्दै यो विषयमा छलफल गरेर समाधान गर्नु आवश्यक छ भन्नुभयो । राजदूत ताकाहिरोले जापान र नेपालबीचको सहकार्यमा नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा योगदान पु¥याएको उल्लेख गर्दै पूर्वाधार विकास, शिक्षा क्षेत्रको विकासका साथै ज्ञानसीपको हस्तान्तरण, स्वास्थ्य सेवाका लागि अस्पतालको स्तरोन्नति, स्वास्थ्य उपकरण, औषधि, र स्वास्थ्य तालिम उपलब्ध गराउने लगायतका काममा निरन्तरता दिँदै आएको जानकारी दिनुभयो ।

गोष्ठीमा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजकीले जलवायु परिवर्तनले बढ्दै गएको असर र वन्यजन्तुको द्वन्द्वका कारण नेपालको विविधतामा परेको समस्या समाधानका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन्यजन्तु व्यवस्थापन नेपालको ठूलो समस्या हो भन्दै नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको जाइकाले यसतर्फ समन्वय र सहकार्य गरेर सहयोग गर्नसक्ने बताउनुभयो ।

जेएसपीएस बैंकक कार्यालय थाइल्यान्डका डा युशिओ ओतानीले नेपाल र जापानबीचको सम्बन्धका माध्यमबाट वैज्ञानिक अध्ययन अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण ज्ञान र सीपको हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।