२५ श्रावण २०८३, सोमबार
,
Latest
विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी वकिलको तर्कः रविलाई थुनामै पठाइयोस्



file photo
अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी रहेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी थुनछेकमा ५ जना सरकारी वकिलहरूले बहस गरेका छन् । यस मुद्दामा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, चन्द्र सञ्जेल, सन्तोष राज कटुवाल, राधिका सुवाल र विना खड्काले बहस गरिसकेका छन् ।

उनीहरूले लामिछानेलाई पुर्पक्षका लागि थुनामा नै पठाउनुपर्ने जिकिर गरेका छन् । तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेलाई थुनामै पठाउनु मुनासिब हुने उनीहरूको तर्क छ । यसअघि कास्की जिल्ला अदालतले गरेको आदेशलाई नजिर मान्न नहुने उनीहरूको भनाई छ ।

स्वर्णलक्ष्मी सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ गोरखा मिडियामा गएको देखिएको भन्दै जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले रवि लामिछानेले विभिन्न समयमा चेक काटेर ४९ करोड खर्च गरेको देखिएको जिकिर गरे । अन्य न्यायाधीशहरुले पनि लामिछानेलाई थुनामा राखेर नै पुर्पक्ष गर्नुपर्ने बताए ।

जाहेरवालको तर्फबाट अझै ६ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको छ । रविको तर्फबाट पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले बहस गर्न लागेका छन् ।

दुवै पक्षको बहस सकिए पछि न्यायाधीशले रविलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोड्ने निर्णय लिनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए ।