१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी

बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुतै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।

आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ ।

आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनुपर्ने निर्देशिकामा भनिएको छ । स्वास्थ्य संस्थाले आफ्नो तहअनुसार प्रदान गर्नुपर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्न नहुने र स्वास्थ्य संस्थाले सेवा उपलब्ध नहुँदा मात्रै सबैभन्दा नजिकै र पायकपर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले विभिन्न किसिमका बिरामीको प्रेषणका लागि मापदण्ड भए पनि समग्र अस्पतालको प्रेषण प्रणालीलाई समेट्ने गरी मन्त्रालयले एकीकृत निर्देशिका जारी गरेको जानकारी गराउनुभयो । निर्देशिकाले आकस्मिक तथा भर्ना भएका बिरामीको उपचार सम्भव नभएमा अर्को अस्पतालमा नपु¥याउँदासम्मको जिम्मेवारी प्रथम अस्पतालको हुने निश्चित गरेको छ ।

प्रथम बिन्दुको स्वास्थ्य संस्थाले बिरामीलाई प्रेषण गर्नुपूर्व सम्बन्धित अस्पतालमा सम्पर्क गरी त्यहाँ उपचार, शैय्या तथा आवश्यक सेवा भए÷नभएको सुनिश्चित गर्दै समन्वय गर्नुपर्नेछ ।

निर्देशिकामा प्रत्येक अस्पताल, स्थानीय तह, प्रदेश र राष्ट्रियस्तरमा सोसम्बन्धी एकाइ अनिवार्य हुने गरी व्यवस्था मिलाइएको छ । निर्देशिकामा बिरामीबारे आवश्यक जानकारी साझा हुने भएकाले परीक्षण दोहो¥याउनु नपर्ने गरी थप जाँच हुने व्यवस्था गरिएको छ ।

सरकारी अस्पतालमा बिरामीको चाप कम गर्नका लागि आवश्यकताका आधारमा मात्र बिरामी प्रेषण गर्ने गरी निर्देशिका जारी भएको छ । निर्देशिकाले बिरामीलाई आफू उपचार गर्न जाने ठाउँबारे जानकारी लिन पाउनेबारे पूर्ण अधिकार दिएको छ भने उपचार सम्भव भएसम्म अस्पतालका तर्फबाट प्रेषण गर्ने विषयलाई पनि नियन्त्रण गर्न खोजेको छ ।

स्थानीय तह, प्रदेश र सङ्घीय तहमा व्यवस्था गरिएका प्रेषण एकाइले ती ठाउँको स्वस्थ्य सेवाको गुणस्तर र प्रेषण सम्बन्धमा स्वास्थ्य संस्थालाई निर्देशन दिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले प्रेषण कार्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन गर्नेछ । प्रदेशमा स्वास्थ्य मन्त्रालय वा स्वास्थ्यसँग सम्बन्धित मन्त्रालयको समन्वयमा काम गर्ने गरी प्रादेशिक स्वास्थ्य निर्देशनालयले सम्पर्क तथा समन्वय गर्नेछ । स्थानीय तहमा सम्पर्क तथा समन्वय सम्बन्धित स्वास्थ्य विभाग, महाशाखा वा शाखाले गर्नेछ ।