४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विश्वविद्यालयको २४ क्याम्पसमा प्रमुख नियुक्त



त्रिभुवन विश्वविद्यालय
अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले २४ वटा आंगिक क्याम्पसमा प्रमुख नियुक्त गरेको छ ।

त्रिविको कार्यकारी परिषद्ले आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको प्रवक्ता यमन सिंह बोहराले बताए ।

शंकरदेव क्याम्पस प्रमुख सहप्राध्यापक कपिल खनाल नियुक्त भएका छन् भने रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्रा पदमकुमार अधिकारी नियुक्त भएका छन् ।

नेपाल कमर्श क्याम्पसमा सहप्रा जितेन्द्रप्रसाद उपाध्याय, भैरहवा क्याम्पस लक्कीप्रसाद जोशी, ललितकला क्याम्पस उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पस उपप्रा माधवप्रसाद श्रेष्ठ, महेन्द्र बहुमुखी क्याम्पस सहप्रा लालमणि आचार्य नियुक्त भएका छन् ।

त्यस्तै, सुर्खेत बहुमुखी क्याम्पस सहप्रा माधवप्रसाद खनाल, विश्वभाषा क्याम्पस उपप्रा महेन्द्रकुमार बुढाथोकी, पाटन संयुक्त क्याम्पस सहप्रा रघुवीर विष्ट, बुटबल बहुमुखी क्याम्पस, उपप्रा अरुणकुमार क्षेत्री, रामस्वरुप रामसागर क्याम्पसप्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखी सहप्रा पर्वतकुमार नियुक्त भएका राई छन् ।

पृथ्वीनारायण क्याम्पसमा प्राध्यापक हरिप्रसाद पाठक, सूर्यनारायण सत्यनारायण क्याम्पस सहप्रा राजेश्वरप्रसाद यादव, डोटी बहुमुखी क्याम्पस सह दिलानन्द जोशी, त्रिभुवन बहुमुखी क्याम्पस उपप्रा टंकप्रसाद पन्थ, जुम्ला बहुमुखी क्याम्पस उपप्रा प्रकाशचन्द्र खत्री नियुक्त भएका छन् ।

वनविज्ञान अध्ययन संस्थान पोखरा सहप्रा नारायणप्रसाद गौतम, कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ उपप्राध्यापक रामकुमार श्रेष्ठ, पक्लिहवा क्याम्पस सहप्राध्यापक जन्मजय गैरे, मेची बहुमुखी क्याम्पस सहप्राध्यापक देवीप्रसाद आचार्य, केन्द्रीय प्रविधि क्याम्पस धरान प्राध्यापक बसन्तकुमार राई र धौलागिरि बहुमुखी क्याम्पसमा सहप्रा सुदर्शन सिलवाल नियुक्त भएका छन् ।