१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन



अ+ अ-

काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्ने विषयलाई पुन: स्पष्ट पारेको छ।

सरकारले २०८१ असार १० गते प्रकाशन गरेको राजपत्रमा २०८१ माघ १ गतेदेखि, बैंक खाता खोल्न वा वित्तीय सेवाहरु प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र बनाउन सहजता सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरुबाट नियमित रुपमा सेवा प्रदान भइरहेको छ। यसबाहेक, काठमाडौँ उपत्यकाका केही ठाउँमा अस्थायी शिविर स्थापना गरी परिचयपत्र प्रदान गर्ने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुलाई सहयोग पुर्‍याउन निर्देशन दिँदै राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्यरूपमा प्रयोग गर्न आग्रह गरेको छ।