९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम सुवाल र राजकिशोर यादवबीच भनाभन, औंला तल राख्नुस्, नौटंकी गर्ने ?



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसद प्रेम सुवाल र समिति सभापति राजकिशोर यादवबीच भनाभन भएको छ ।

बिहीबार सिंहदरबारस्थित समितिको सभाहलमा बसेको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन तथा व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गर्न बसेको बैठकमा उहाँहरु बिच भनाभन भएको हो ।

बैठकले रास्वपा सांसद शिशिर खनालको नेतृत्वमा नेपाल वायु सेवा निगममा देखिएको समस्या र सुधारका उपाय अध्ययनका लागि ४ सदस्यीय उपसमिति गठन गर्ने निर्णय समितिले गरेको थियो ।

सो निर्णय सुनाउँदै सभापति यादवले बैठक सक्ने तयारी गरेपछि नेपाल मजदुर किसान पार्टीका सांसद सुवालले गम्भीर असहमति जनाए । उनले बैठकमा नआएको व्यक्तिको नेतृत्वमा उपसमिति बनाएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सुवाल र यादवबीच भनाभन भएको थियो

सभापति यादव र सुवालबीचको सवाल जवाफ

सुवाल: सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?

यादव: औंला तल राख्नुस, नौंटंकी गर्ने ?

सुवाल: तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?, मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?

यादव: हो, बन्ने । के गर्नुहुन्छ ?

सुवाल: तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।

त्यसोत सभापति यादव र समितिका सदस्यबीच यसअघि पनि पटक पटक लफडा हुँदै आएको छ । गत साउत १० गतेको बैठकमा पनि यादव र नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीबीच नोकझोक चलेको थियो । साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनाबारे छलफल गर्न डाकिएको सो बैठकमा किराती र यादवबीच चर्काचर्की परेको थियो ।

सो बैठकमा पूर्वमन्त्री किरातीले आफ्नो धारणा राख्ने क्रममा सभापति यादवले टेक्निकल कुरा राख्न भनेका थिए । सांसद किरातीले ठूला निर्णय गर्न बाटो हेराहेर भइरहेको भनिरहेका बेला समिति सभापति यादवले समयको चाप रहेको भन्दै छोट्याउन आग्रह गरेपछि यादव र किरातीबीच लफलडा सुरु भएको थियो ।

‘म राजनीतिक व्यक्ति हुँ । मैले टेक्निकल विषय कसरी बोल्ने ? म न पाइलट हो न प्राविधिक ?’ भन्दै किरातीले प्रतिवाद गरेका थिए ।

पूर्वमन्त्री किरातीको प्रतिवादपछि कुरा सकाउन नपाउँदै सभापति यादवले पूर्व रक्षामन्त्री हरि उप्रेतीलाई समय दिएका थिए । उप्रेतीलाई समय दिएपछि ‘तपाईँले मलाई धम्क्याउन बोलाउनु भएको रहेछ । म यो समितिमा बस्दिँन’ भन्दै किराती उठेर बाहिरिएका थिए ।