२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको जन्मदर रेकर्ड न्यून



अ+ अ-

बेइजिङ । मुख्यभूमि चीनको जन्मदर सन् २०२१ मा प्रति एक हजारमा ७.५२ को न्यून रेकर्डमा झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ । जन्मदर गिरावटको प्रवृत्तिलाई गति दिएपछि बेइजिङले गत वर्ष तीन वटा बच्चा जन्माउन अनुमति दिएको थियो  । 

वृद्ध जनसङ्ख्याको तीव्रतालाई कम गर्न चीनले सन् २०१६ मा आफ्नो दशक पुरानो एक बाल नीतिलाई खारेज गर्दै दुई बच्चा जन्माउन पाइने नीति ल्याएको थियो । यद्यपि धेरै दम्पतीहरु जीवनको उच्च लागतका कारण धेरै बच्चा जन्माउन चाहँदैनन् । 

तथ्याङ्क ब्यूरोले तथ्याङ्क सङ्कलन गर्न थालेपछि सन् १९४९ पछि पछिल्लो जन्मदर सबैभन्दा कम थियो। चीनको जनसङ्ख्याको प्राकृतिक वृद्धि दर (जसमा आप्रवासन समावेश छैन) सन् २०२१ मा ०.०३४ प्रतिशत मात्र थियो । यो सन् १९६० यताकै न्यून हो।

“जनसाङ्ख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसङख्या वृद्धावस्थाको गति स्पष्टरूपमा अपेक्षितभन्दा छिटो छ”, पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख झिवेइ जाङले भने, “यसले सन् २०२१ मा चीनको कुल जनसङ्ख्या चरम सीमामा पुगेको हुनसक्छ भनी सुझाव दिन्छ। यसले चीनको सम्भावित वृद्धि अपेक्षितभन्दा चाँडै सुस्त हुने सङ्केत पनि गर्छ ।”

चीनमा सन् २०२१ मा एक करोड छ लाख २० हजार लाख जन्म भएको तथ्याङ्कले देखाएको छ । सन् २०२० मा यो आँकडा एक करोड २० लाख थियो । सन् २०२० मा जन्मदर प्रति एक हजार व्यक्तिमा ८.५२ जन्म थियो। एजेन्सी