४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल (ब्लाङ्केट) वितरण गर्नुभएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपालले आज धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा राणाले महासङ्घका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्म्बल जिल्लाका ६ ओटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गर्नुभएको हो ।

यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका कैयौँ क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो । बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत उक्त राहत उपलब्ध गराइएको हो ।

सो अवसरमा मन्त्री डा राणाले गत वर्षात मौसमको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोले देशैभरि अकल्पनीय रुपमा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्र्दै मन्त्री डा राणाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

 

मन्त्री डा राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी पनि त्यसैको प्रतिफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गर्नुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण सिङ्गो नेपालका अतिरिक्त महिला तथा बालबालिका बढी जोखिममा रहेको तथ्यलाई नेपाली समाज, परिवार र राष्ट्रले नै बुझ्नुपर्ने धारणा राख्दै आफू नेपाललाई जलवायु न्याय दिलाउन लागिपरेको पनि बताउनुभयो ।

मुलुकको जनसङ्ख्यामा आधाभन्दा बढी महिला रहेका तर उनीहरूका लागि अवसर भने निकै कम रहेको उल्लेख गर्दै मन्त्री डा राणाले सुरक्षित मातृत्वको पहिलो दायित्व घर र समाजको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित मातृत्वका लागि पहिलो जिम्मवारी घर र समाज हो, त्यसपछि नीतिगत व्यवस्था गर्ने दायित्व सरकारको हुन्छ, त्यसैले सबैले दायित्वबोधका साथ महिलाका लागि सोच्नुपर्छ ।”

आफू पनि प्रसव पीडा भागेको अनुभवकै कारण सुरक्षित मातृत्व सम्बन्धी संस्था स्थापना गरी अभियानमा लागेको उहाँले स्मरण गर्नुभयो । सोही अभियानकै कारण नेपालका महिलाहरू सुरक्षित मातृत्वसम्बन्धी विषय संविधानमा राख्न सफल भएको पनि बताउनुभयो ।

प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वको विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले यसका लागि घर तथा छरछिमेकले पनि साथ दिनुपर्नेमा जोड दिनुभयो ।