८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो

यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो
अ+ अ-

काठमाडौँ । लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन । नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भएपनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन ।

नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ । जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताउनु भयो । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रिय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वास्फको कमीले वर्षा हुन सकेको छैन ।

हिउँदे वर्षाको महत्व

नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षा सँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गइ जम्मा हुन्छ । यो नै पछि गएर मुलको रुपमा बाहिर आउछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मुल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मुल फुट्न नै नसक्ने हुन्छ ।

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदुषण बढाउछ । प्रदुषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ । उहाले भन्नुभयो, ‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरिको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् । आगलागीका घटनाहरु बढी भयो भने वन, जंगलमा हुने पारिस्थितिय प्रणाली बिग्रन्छ । प्रदुषणमा वृद्धि हुन्छ । काठमाडौं जस्तो चारैतिरबाट ठूला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलाको मात्रा बढ्छ । तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कित ठूलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म कामठमाडौं प्रदुषित शहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हारहारीमा प्रदुषणको अवस्था रहेको छ । जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदुषण, आगलागी लगायतका कुराहरुमा हुने भएको हुनाले हामीले सचेत हुन जरुरी छ ।’

नेपाली आकाशमा रहेको प्रदुषित हावालाई पश्चिमी वायुले बिस्थापित नगरेसम्म पानि पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदुषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषि

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो अशर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बालि हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा खेत, बारीमा छरेको अन्न नै उम्रन सक्दैन । आवश्यक चिस्यानको कमीले बीउ अङ्कुरित हुन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य संकट निम्त्याउछ । नेपालमा धान मकै पछिको प्रमुख बालि गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिंचाई भन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।
जलवायुविद् डा.उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बालीमा कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गर्नुभयो । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने संकट ब्यबस्थापन गर्न नसकिने खालको हुने बताउनु भयो ।

हिउँदमा लगातार सुख्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ । कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानको लागि मात्र उत्पादन गर्ने किसानलाई चाहीँ हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाईं सराइलाई बढाइरहेको छ । केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पथ्र्यो अहिले त्यहाँ पानी पर्न थालेको छ । हिउँ पर्ने रेखा माथि सरेको छ । यसको अर्थ हिउँ पर्ने अल्टिच्युट नै परिवर्तन भएको छ ।

हिउँदे वर्षा र मानव स्वास्थ्य

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानिको उपलब्धतामा कमी आउछ भने उपलब्ध भएको पानीको गुणस्तर पनि नहुने हुन्छ । जसले प्रदुषित पानी र प्रदुषित पर्यावरणले जनस्वास्थ्यमा सिधा नकारात्मक असर गर्दछ । जलवायुविद् डा। उप्रेतीले हिउँदे वर्षा नहँुदा खाने पानीमा असर हुने बताउनु भयो । पानी पर्ने तौरतरिकामा परविर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएको हुनाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने बताउनु भयो । पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदुषित नै रही रहनु, जमिन भन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुख्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ । अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्यांकन गरेर आवश्यक पूर्वतयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने संक्रामक रोग बिरुद्ध लड्न सरकारले पूर्णकालिन योजना नै बनाएर लागू गर्नुपर्दछ ।

सबै प्रकारका मौसमजन्य विपद्को अलग—अलग अनुकुलनको कार्यक्रम

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकुलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्ष यता मौसमजन्य विपदका घटना बढिरहेको सन्दर्भमा सबै मौसमको लागि अनुकुलानको योजना आवश्यक रहेको छ । सबै प्रकारका मौसमजन्य विपदका घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र ९मनसुन र गर्मी० मौसमको लागि अनुकुलनको कार्यक्रम सञ्चालन गरेर हँदैन । जलवायुविद् डा। उप्रेतीले चिसोमा हुने अनुकलन कार्यक्रम र बढी गर्मी तातो भएमा लागू गर्ने अनुकुलनको कार्यक्रम फरक हुने बताउनु भयो । बाढीको अनुकुलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकुलनको अवस्था अर्को हुन्छ । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानी नोक्शानी फरक फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्वन गर्नुपर्छ । हामीले बनाएको राष्ट्रिय अनुकुलन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायु जन्य विपद्का अलग अलग अनुकुलनको कार्यक्रम राख्न ढिलो गर्नुहुन्न । प्रत्येक प्रकोपले निम्त्याएको हानी नोक्शानी फरक—फरक आयतन र विशेषताको छ । हामीले बनाउने पूर्वतयारी र अनुकुलनको योजना त्यसै अनुसारको बनाउनु पर्नेछ । सिमित श्रोत साधन भएको र कमजोर आर्थिक अवस्थामा यसका कार्यक्रम बनाएर लागू गर्नु चुनौतिपूर्ण छ । तर यो बाध्यात्मक अवस्था हाम्रा अगाडि छ । चुनौति बिरुद्ध लड्न सरकारी तथा गैरसरकारी सबैको साझेदारी आवश्यक छ ।

मौसमबारे पूर्वसूचनाको व्यापकता आजको आवश्यकता

हामीले मौसम बारेको पूर्वसूचनाको व्यापकतामा काम गर्नुपर्ने छ । नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानिनोक्शानी कम गराउन सकिन्छ । अहिले वर्षा हुन नसक्दा सुख्खापन गहिरिँदै गएको छ । सँगै वायु प्रदुषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रुपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ । यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ । पूर्वसूचनामा वायु प्रदुषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ जसले जोखिम र हानि, नोक्शानी कम गर्न सकिन्छ । दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सुचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।

हामी अहिले हिउँदे याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्वपूर्ण मानिन्छ । तर पछिल्लो केही वर्ष यता प्रक्षेपण गरिएअनुसार हिउँद याम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।