३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने

माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी’ अभियान चलाउने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनु भयो ।

अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ । बैठकले जनतासँग माओवादी अभियान समाजवादका लागि एउटा कोशेढुंगा सावित हुने विश्वास लिएको उहाँले बताउनु भयो । उहाँले संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताउनु भयो । उहाँले संविधान संशोधन गर्नैपरेमा अग्रगमन, परिवर्तनको र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको दिइएको सापकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बैठकमा जम्मा ११४ जनाले बोल्नुभयो । पार्टी अध्यक्षले प्रश्तुत गर्नुभएको प्रश्तावमा सबैको समर्थन भयो र पास भएको छ । पार्टीले शुरुको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ । उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ । यो नयाँ पहलकदमी समाजवादका लागि एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास गरिएको छ ।

पार्टीका सम्पूर्ण मोर्चाहरुको सम्मेलन छ महिनाभित्र गर्ने निर्णय भएको छ । संविभधान संशोधनका क्रममा समेत गम्भिर छलफल गएको छ । संविधान संशोधनभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ भन्नेमा केन्द्रित भएको छ । संविधान संशोधन नै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि र जनताको अधिकार बढाउनका लागि गर्नुपर्नेमा जोड दिइएको छ ।

राज्यका निकायमा महिला र दलितको सहभागिता बढाउनका लागि संशो हुनुपर्छ भन्ने जोड छ । समग्रमा जनताको अधिकार कटौति गर्नको लागि हैन बिस्तार गर्नका लागि र परिवर्तनका लागि एउटा ठुलो राष्ट्रिय बहस बनाएर मात्र संविधान संशोधनका लागि अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

चैतभरि तयारी गरेर वैशाख महिनाभर हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासङ्ग माओवादी अभियान सञ्चालन गर्ने बताइएको छ । बैठकले सबै नेताहरुले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रश्ताव पारित गरेको छ ।

सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रिय कार्यालयले सबै नेताहरुको एक हप्ताभित्र कार्यविभाजनलाई अन्तिम रुप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने प्रवक्ता सापकोटाले बताउनु भयो ।