८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार
अ+ अ-

धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टिनलाई थप व्यवस्थित गर्न थालेका छन् । 

कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टिनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।

शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टिन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टिनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहितासमेत जारी गरेका छन् । 

अब क्वारेन्टिन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य सङ्क्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । उहाँले क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् । 

क्वारेन्टिन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने सङ्क्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टिनको व्यवस्थापनमा जुट्दा क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्दा पनि सङ्क्रमित  र जोखिममा रहेका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताउनुभयो । यसरी स्थानीय सरकारले क्वारेन्टिन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था डिसिएले सहयोग पुर्याएको छ । 

क्वारेन्टिनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टिनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघरसमेत डिसिएले निर्माण गरिदिएको छ । 

यसरी व्यवस्थित भएको क्वारेन्टिनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टिनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र  स्नानघरको व्यवस्था भएको देख्दा निकै दङ्ग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्न आएकी थिइन् । पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टिनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुसी व्यक्त गरिन् । उनले क्वारेन्टिनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् । 

धादिङमा क्वारेन्टिन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सातवटा स्थानीय तहका १० वटा क्वारेन्टिनलाई व्यवस्थित बनाइएको छ । 

खनियाबास, गङ्गाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसार बनाइएको छ भने क्वारेन्टिन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता पनि लागू गरिएको छ । यस किसिमको नयाँ मापदण्डले पक्कै पनि सङ्क्रमण फैलनबाट बचाउने अपेक्षा गरिएको छ ।