८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल विकासका लागि एन्फा र साफबीच सम्झौता



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ)बीच फुटबल विकासका लागि सम्झौता भएको छ। 

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै देशले फुटबल विकाशको लागि सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख छ । 

दुवै देशका विभिन्न उमेर समूह यू– १७, यू– २० र यू– २३ को मैत्रिपूर्ण खेल तथा प्रशिक्षणमा सहकार्य हुने, रेफ्रीको स्तरोन्नती, रेफ्री शिक्षा, भीएआरबारे ज्ञान र रेफ्री नियुक्तिसम्बन्धी कार्यक्रमहरु आदानप्रदान हुने एन्फाले जनाएको छ । 

युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनारहरू आयोजना गरिने पनि एन्फाले उल्लेख गरेको छ । 

शेर्पा हाल साउदीको भ्रमणमा रहेका छन् ।