२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं अवतरण



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको छ ।

उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि विमानलाई काठमाडौं डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।

आधा समय उडान गरिसकेको विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हो । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ ।

काठमाडौंबाट १०ः३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण केही बेर अन्य उडानहरु होल्ड गरिएको थियो ।

यात्रुलाई अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी गरिएको छ ।