२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं अवतरण



फाईल फोटो
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमा नै अवतरण गरिएको छ ।

उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि विमानलाई काठमाडौं डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।

आधा समय उडान गरिसकेको विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हो । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ ।

काठमाडौंबाट १०ः३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण केही बेर अन्य उडानहरु होल्ड गरिएको थियो ।

यात्रुलाई अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी गरिएको छ ।