२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उहाँले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताउनु भयो । उहाँले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरुमा लगेर अध्ययन गराउन सकिने बताउनु भयो । उहाँले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको बताउनु भयो । उहाँले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले इन्जिनियर विद्यार्थीलाई स्थलगत रुपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको बताउनु भयो । स्थलगत अध्ययनउहाँले क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको छ । तर जनशक्ति कस्तो छ भन्दा जलविद्युत आयोजनामा ट्रमाइनहरु मर्मत गर्ने बेलामा जनशक्तिको असाध्यै अभाव देखियो । धेरै विद्यार्थीहरु क्याम्पसबाट निस्कँदा देश निर्माणमा लागेको जनशक्तिका रुपमा लिन्छौं । मुलुकलाई आवश्यक कुराहरुमा मुलुकभित्रै अध्ययन अध्यापन गराउन सकियो भने अरुको भर पर्नु पर्दैन । हामीलाई रोजगारी पनि सिर्जना हुन्छ । मन्त्रालयले के सोचिरहेको छ भने इन्जिनियर साथीहरुलाई स्थलगत रुपमा तालिम इन्टर्नशिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको छ । स्थलगत रुपमा गएर अध्ययन ग¥यो भने क्याम्पसमा अध्ययन गरेको भन्दा बढी ज्ञान हासिल गर्न सक्छन् । त्यसले मुलुकलाई ठूलो सहयोग पुग्ने छ । जलविद्युतमा काम गर्ने हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा पुगेका छांै । विद्युतलाई कन्ट्रोल,चुहावट कसरी रोक्ने भन्ने नयाँ प्रविधिहरु आएका छन् । त्यसको प्रयोगबाट आन्तरिक खपत बढी भन्दा बढी गर्ने र बाँकी विद्युत विदेश निर्यात गरेर ठूलो आयआर्जन गर्न सकिन्छ ।’

उहाँले हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा मुलुक पुगेको बताउनु भयो । उहाँले विद्युत चुहावट रोक्ने नयाँ प्रविधिहरु विकास भएको बताउनु भयो ।