१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का

इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्यावको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

उहाँले क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने विद्यार्थीले स्थलगत रुपमा जलविद्युत आयोजनाको अध्ययन गर्दा थप प्रवभाकारी हुने बताउनु भयो । उहाँले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई जलविद्युत आयोजनाहरुमा लगेर अध्ययन गराउन सकिने बताउनु भयो । उहाँले जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको भन्दै त्यहीअनुसार जनशक्ति आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय जलविद्युत आयोजनामा मर्मतसम्भार गर्न जनशक्तिको अभाव देखिएको बताउनु भयो । उहाँले मुलुकलाई आवश्यक जनशक्तिहरुका लागि मुलुकभित्रै अध्ययन अध्यापन गराउन सक्नुपर्ने बताउनु भयो । उहाँले इन्जिनियर विद्यार्थीलाई स्थलगत रुपमा इन्टर्नसिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको बताउनु भयो । स्थलगत अध्ययनउहाँले क्याम्पसमा अध्ययन गर्दा क्याम्पसमा भन्दा बढी ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘जलविद्युतमा ठूलो धनराशी खर्च भइरहेको छ । तर जनशक्ति कस्तो छ भन्दा जलविद्युत आयोजनामा ट्रमाइनहरु मर्मत गर्ने बेलामा जनशक्तिको असाध्यै अभाव देखियो । धेरै विद्यार्थीहरु क्याम्पसबाट निस्कँदा देश निर्माणमा लागेको जनशक्तिका रुपमा लिन्छौं । मुलुकलाई आवश्यक कुराहरुमा मुलुकभित्रै अध्ययन अध्यापन गराउन सकियो भने अरुको भर पर्नु पर्दैन । हामीलाई रोजगारी पनि सिर्जना हुन्छ । मन्त्रालयले के सोचिरहेको छ भने इन्जिनियर साथीहरुलाई स्थलगत रुपमा तालिम इन्टर्नशिप गर्न पाउने प्रक्रिया अगाडि बढाएको छ । स्थलगत रुपमा गएर अध्ययन ग¥यो भने क्याम्पसमा अध्ययन गरेको भन्दा बढी ज्ञान हासिल गर्न सक्छन् । त्यसले मुलुकलाई ठूलो सहयोग पुग्ने छ । जलविद्युतमा काम गर्ने हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा पुगेका छांै । विद्युतलाई कन्ट्रोल,चुहावट कसरी रोक्ने भन्ने नयाँ प्रविधिहरु आएका छन् । त्यसको प्रयोगबाट आन्तरिक खपत बढी भन्दा बढी गर्ने र बाँकी विद्युत विदेश निर्यात गरेर ठूलो आयआर्जन गर्न सकिन्छ ।’

उहाँले हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने अवस्थामा मुलुक पुगेको बताउनु भयो । उहाँले विद्युत चुहावट रोक्ने नयाँ प्रविधिहरु विकास भएको बताउनु भयो ।