२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको केन्द्रीय समितीको बैठक शुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । पार्टीका नेता स्वर्गीय रमेश अर्यालको सम्झनामा एक मिनेट मौन धारणबाट राप्रपा नेपालको केन्द्रीय कार्य समिती बैठक शुरु भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गर्नुभएको छ । काठमाडौंको नबदुर्गा पार्टी प्यालेसमा चलिरहेको बैठकमा शासकिय स्वरुप, निर्बाचन प्रणाली लगायतका बिषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिबेदन पाउपाध्यक्ष डा.बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन बिभागको प्रतिबेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिबेदन सहमहामन्त्री हिक्मतजङ्ग भण्डारी , गैर सरकारी बिभागको प्रतिबेदन सहमहामन्त्री महेश्वर रोक्काले प्रस्तुत गर्नुभएको छ ।

कार्यपत्र र प्रतिबेदनमाथि धारणा राख्ने क्रम शुरु भएको छ। बैठक भोली शनिबारसम्म चल्नेछ ।