८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शान्ति समाजद्वारा तीन कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शान्ति समाजद्वारा तीन कार्यक्रम सम्पन्न
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले १ अक्टोबर, असोज १५ गते बिहान काठमाडौंको कागेश्वरी मनोहरास्थित जेष्ठ नागरिक सेवा केन्द्रका जेष्ठ नागरिकहरुलाई मिठाई, फलफूल, हर्लिक्ससहित रु. २२५०० को खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजका तर्फबाट सभापति उत्तम पुडासैनी र कोषाध्यक्ष रामकृष्ण बराल सेवा केन्द्रमा पुगि केन्द्रका अध्यक्ष पुष्कर प्याकुरेललाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।  

यसैगरी जेष्ठ नागरिक दिवसको अवसरमा मानबअधिकार तथा शान्ति समाज  रुपन्देहीको आयोजनामा “सिद्बबाबा दुर्गा भवानी शिबकुमारी सैंजु जेष्ठ नागरिक आश्रम“ का सम्मानित १० जना जेष्ठ नागरिकहरुलाई २१२५० मुल्यका लुगाहरु उपलब्ध गराइएको थियो भने साझा हस्पिटल प्रा।लिमा उपचारारत बिरामीहरुलाई फलफुल, दूध वितरण गरिएको थियो । कार्यक्रममा रुपन्देही शाखा सभापति धनपती खनाल (डि.पि), केन्द्रिय सदस्यद्वय मिना ढकाल र कृष्ण पंगेनी, अधिकारकर्मी कमला पान्डे, कृष्ण पाण्डे, जमुना पौडेल लगायतको सहभागिता रहेको थियो ।

यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा असोज १५ गते तुलसीपुरस्थित केशवराज झुपाकुमारी बृद्ध सेवा समितिको प्राङगणमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष खुमानन्द अधिकारीले जेष्ठ नागरिकहरुको सहभागिता बिना बनाईएका ऐन नियम कार्यान्वयन समेत हुन नसकेको र जेष्ठ नागरिकहरुले माग गर्दै आएको सार्वजनिक सवारीका साधनको भाडामा ५० प्रतिशत भाडा छुट, निःशुल्क औषधिको उपलब्धता लगायतका बारेमा ३ वटै तहका सरकार गम्भीर हुन नसकेको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका महासचिब सुशील बस्नेतले जेष्ठ नागरिकहरुको बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक सुनिश्चीत गर्नुपर्ने बताउनुभयो । शान्ति समाज दाङ शाखा सभापति शरद रेग्मीको सभापतित्वमा जेष्ठ नागरिकहरुको हक अधिकारमा केन्द्रित रहि आयोजित अन्तरक्रियामा अधिकारकर्मीहरु निर्मल नेपाली, सम्झना डाँगी, इन्द्रवहादुर बुढाथोकी, हुमाकान्त कँडेल, तुलसीराम सुनार, कमल डाँगी, उषा गौतम र पत्रकार बालाराम खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।