८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति अभिनेत्री ऋचा शर्माको आपत्ति

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति अभिनेत्री ऋचा शर्माको आपत्ति
अ+ अ-

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिप्रति अभिनेत्री ऋचा शर्माले आपत्ति जनाएकी छन् ।  

गृहमन्त्री थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा  ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ टिप्पणीलाई लिएर अभिनेत्री शर्माले सामाजिक संजालमार्फत आक्रोश पोखेकी छन् । 

उनले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।   

उनले विभिन्न नेताहरुले बलात्कारका घटनाको बिषयमा दिएको केही अभिव्यक्तिलाई समेत बुँदागत रुपमा यसरी उल्लेख गरेकी छिन्ः 

१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम

२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा 

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।

४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’