१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल गायक सचिन परियारको निधन



अ+ अ-

काठमाडौँ । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियारको निधन भएको छ ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको आज बिहान करिब १० बजे निधन भएको उनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन् ।

एक युट्युवमा अन्तर्वाता दिएर भाइरल भएका परियारले ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत थुप्रै गीत गायका थिए । जुन चर्चित समेत भएको छ । उनी लाइभ लोकदोहोरी गाएर समेत चर्चामा आएका थिए ।

राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका परियार केही समय हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ पनि देखिएका थिए ।

गुल्मीका सचिन केही समय सामाजिक सञ्जालको हरेक प्लेटफर्ममा हिट भए । उनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लागेको थियो । पहिलो पटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो ।