८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

अवकाशपछि राजदूत वा अन्य पदको आशा नगर्ने हो भने धेरै काम गर्न सकिन्छ

अवकाशपछि राजदूत वा अन्य पदको आशा नगर्ने  हो भने धेरै काम गर्न सकिन्छ
अ+ अ-

काठमाडौ। मुख्य सचिबमा नियुक्त हुनु भएका शंकर दास बैरागीलाई पूर्ब सचिब सारदाप्रसाद त्रितालले बुदागत रुपमा सुझाब दिनु भएको छ  । नयाँ मुख्य सचिवलाई बधाइ र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दे त्रितालले  मुख्य सचिव प्रशासनिक दृष्टिले जटील परिस्थिति विद्यमान रहेको समयमा नियुक्त हुनु भएकोले झनै चुनौति पूर्ण रहेको उल्लेख गर्नुभएको छ । पूर्ब सचिब त्रितालले दिनु भएको सुझाबहरु ।
–विगत ३ वर्ष प्रशासनयन्त्रले द्विविधायुक्त अवस्थाको सामना गर्नु पर्यो । नयाँ संविधान अनुरुप निर्वाचित सरकार बनेपछि उचित किसिमको प्रशासनिक मार्गदर्शनको निर्माण हुनु पर्ने थियो । संघीय शासन व्यवस्था अनुरुप प्रशासनयन्त्र व्यवस्थापनको नेतृत्व गर्नु पर्ने थियो । संघीय निजामती सेवा ऐन बन्नु पर्ने थियो । तीनै तहमा प्रशासनिक प्रबन्ध मिलाउनु थियो । उपयुक्त सिद्धान्त र प्रक्रिया निर्धारण गरी कर्मचारीको समायोजन र व्यवस्थापन गर्नु पर्ने थियो ।
– यी र यस्तै अन्य महत्वपूर्ण कार्यमा गतिशील र कर्मचारीका हकहितको अधिकतम संरक्षण गर्न सक्ने, संघीय व्यवस्था अनुरुप वृत्ति विकासको उचित व्यवस्था गर्न सक्ने, निजामती सेवा ऐन र सुशासन ऐन अनुसारका जिम्मेवारीलाई सक्रियताकासाथ मिहिन ढंगले भूमिका निभाउन सक्ने एक सक्षम मुख्य सचिवको आवश्यकता थियो ।
– तर विगत ३ वर्षमा समग्र प्रशासनिक क्षेत्रले अत्यन्तै स्वार्थी र गैरजिम्मेवार नेतृत्वको सामना गर्नु पर्यो । अर्को शब्दमा भन्ने हो भने आमाबाबु भएर पनि टुहुरो भएको सन्तानको रुपमा नेपाली प्रशासकहरुले ३ वर्ष विताउनु पर्यो । यो अवस्थाको प्रत्यक्ष भुक्तभोगी स्वयम् नयाँ मुख्य सचिव पनि हुनुहुन्छ ।
– यस परिस्थितिमा साढे नौ वर्ष प्रधानमन्त्री कार्यालयमा विताएको अनुभव र मेरो आफ्नो सोच समेतका आधारमा मलाई लागेका मुख्य सचिवका केही चुनौती र दायित्वका बारेमा उल्लेख गरेको छु, तिनलाई सफलतापूर्वक सल्टाउन मुख्य सचिवले सक्नुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु(
– मुख्यसचिव भनेको मन्त्रिपरिषदको सचिव मात्र होइन, देशको समग्र प्रशासनयन्त्रको अभिभावक पनि हो । यी दुबै भूमिकालाई सधैं मनमस्तिष्कमा राखेर काम गर्न चाहेमा मुख्य सचिवले धेरै कुरा गर्न सक्छ ।
– मन्त्रालयले पेश गरेका प्रस्ताव म प बैठकमा पेश गर्ने र भएको निर्णयको प्रमाणित गर्ने मात्र होइन, मुख्य सचिवले ती प्रस्तावको औचित्य र तिनले पार्न सक्ने प्रभाव बारेमा विश्लेषण गरेर प्रधानमन्त्रीलाई ब्रिफ गर्ने र त्यसपछि मात्र मन्त्रीपरिषद्मा  मा पेश गर्ने परिपाटीको विकास गर्न सक्छ । यसको लागि प्रधानमन्त्रीको कार्यलयमा  मा त्यो किसिमको संयन्त्र बनाउन सकिन्छ । कानुनी विषयमा  कानुन सचिवको लिखित राय लिएर मात्र प्रस्ताव अघि बढाउने पद्दतिको विकास गर्न सकिन्छ । यसबाट मन्त्रीपरिषद्ले गर्ने निर्णय वस्तुनिष्ठ हुनुको साथै नीतिगत भ्रष्टाचार नियन्त्रण गर्न सहयोग समेत पुग्छ ।
– मन्त्रिपरिषदका निर्णयको कार्यान्वयनको अनुगमन गर्ने परिपाटीको विकास गर्न सकिन्छ । यसबाट निर्णयको कार्यान्वयनमा प्रभावकारिता ल्याउन मात्र होइन ती निर्णयलाई आधार बनाएर गलत तरिकाले हुन सक्ने कार्यको नियन्त्रण समेत गर्न सकिन्छ ।
– सुशासन ऐन र नियमहरुका प्रावधान अनुसार मुख्य सचिवको अध्यक्षतामा हुने सचिव बैठकलाई नियमित गराएर समन्वयात्मक समस्याहरुको हल गर्न सहयोग पुर्याउन सकिन्छ । यसबाट विकास निर्माण र प्रशासन व्यवस्थापनमा आइपर्ने जल्दाबल्दा समस्याको तत्काल समाधान गर्न सहयोग पुग्छ ।
– निजामती सेवा ऐन र यस सम्बन्धी अरु ऐन नियम अनुसारका काम कारवाहीप्रति मुख्य सचिवले ध्यान दिन सक्यो भने प्रशासनिक अभिभावकत्वको भूमिका सहज किसिमले निर्वाह गर्न सकिन्छ । कम्तिमा सहसचिव र विभागीय प्रमुखहरुको बारेमा मुख्य सचिव जानकार हुन सक्यो भने आफ्नो तहबाट उचित निर्णय लिन र प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई उचित सल्लाह सुझाव दिन सकिन्छ । यसबाट उपयुक्त व्यक्तिले उचित जिम्मेवारीमा अवसर पाउने सम्भावना बढ्छ । सबै तहका सरकारका प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क र सम्बन्ध विकास गरेमा उनिहरुलाई उत्प्रेरक बनाउन र कार्यसम्पादनमा प्रभावकारिता ल्याउन सकिन्छ ।
–संसदमा लामो समयदेखि विचाराधिन रहेको संघीय निजामती सेवा विधेयकलाई निष्कर्षमा पुर्याउन मुख्य सचिवको महत्वपूर्ण भूमिका हुन्छ । यो ऐन पारित नहुँदा परेको प्रभाव बारेमा गहन विश्लेषण गरी यसलाई निष्कर्षमा पुर्याउनु अत्यावश्यक छ । विवादित विषयहरुका सम्बन्धमा उपयुक्त विज्ञ व्यक्तिहरुको सल्लाह लिएर वा विज्ञ टोली नै गठन गरी वस्तुनिष्ठ सुझाव प्राप्त गरी संसदको सम्बन्धित समितिलाई सहयोग पुर्याउनु मुख्य सचिवको दायित्व हो ।
– मुख्य सचिव भनेको प्रधानमन्त्री र मन्त्रिपरिषदको सचिव हो । सल्लाहकार वा स्वकीय सचिवहरुको सचिव होइन भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी छ । सल्लाहकार र स्वकीय सचिवको पी ए जस्तो हुने गरी निवर्तमान मुख्य सचिवले स्थापित गरेको विकृतिलाई हटाउनु जरुरी छ । जुनसुकै स्तरको सुविधा दिने गरी नियुक्त भएका भएपनि कानुनबमोजिम सपथ नलिएका पदाधिकारीहरु मुख्यसचिव भन्दा माथि हुन सक्तैनन् । यसर्थ सम्बन्धित विषयका सल्लाहकारहरुलाई उचित किसिमले काम लगाउने दायित्व पनि मुख्य सचिवको हो । यदि सल्लाहकारहरु सम्बन्धित विषयमा केन्द्रित हुन सके भने प्रधानमन्त्रीको कार्यमा सहजता र प्रभावकारिता समेत आउन सक्छ ।
– अध्ययन तथा अनुसन्धानका आधारमा नीति निर्माण गर्ने संयन्त्रको रुपमा प्र म का लाई विकास गर्ने दायित्व पनि मुख्य सचिवको हो । मुख्य सचिवले चाहेमा यो व्यवस्था हुन सक्छ ।
– प्रधानमन्त्री र विभिन्न निकायका सचिवहरुका बीच सम्पर्क र संचारको व्यवस्था मिलाई समग्र विकास निर्माणका कार्यमा सहजता ल्याउने सम्पर्कसूत्रको रुपमा मुख्य सचिवको भूमिका महत्वपूर्ण हुन्छ । यो प्रक्रिया अहिले शून्यप्राय छ । यसतर्फ ध्यान दिनु आवश्यक छ ।
अवकाशपछि राजदूत वा अन्य पदको आशा नगरी आफ्नो दायित्व निर्वाह गर्ने हो भने यी सबै कार्य मुख्य सचिवले गर्न सक्छ भन्ने मेरो विश्वास छ ।