८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत सङ्कलन

डेढ महिनामा दुई हजार चार सय ५९ युनिट रगत सङ्कलन
अ+ अ-

गण्डकी । गण्डकी र धौलागिरि क्षेत्रअन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा दुई हजार ४५९ युनिट रगत सङ्कलन भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त सङ्कलन केन्द्रको प्राविधिक सहयोगमा रगत सङ्कलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ (विवान) का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिए। लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा आज पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन भएको छ । 

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत रु ५०० र निजी अस्पतालका बिरामीका लागि रु एक हजार लिने गरेको छ । जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ । सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।   

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा जेसिजले कुष्ठरोग प्रभावित व्यक्तिलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–१५ टुटुङ्गामा रहेको पोखरा आरोग्य आश्रममा रहेका कुष्ठरोग प्रभावित वृद्धवृद्धालाई जेसिजले खाद्यान्न सहयोग गरेको हो । 

“कुष्ठरोग पनि कुनै बेला अहिलेको कोरोना भाइरसजस्तै थियो । कुष्ठरोग लागेका व्यक्तिलाई समाजमा बहिष्कार गरेसरहको अवस्था थियो । पछि औषधि बन्न थाल्यो । हामीले जेसिजकै पहलमा आश्रमको स्थापना गरेका थियाँै”, जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए । नेपाल कुष्ठरोग निवारण सङ्घका अध्यक्ष नारायण शर्माले आश्रममा खाद्यान्न तथा स्वास्थ्य सामग्री आवश्यक परेको समयमा पोखरा जेसिजले मर्म बुझेर सहयोग गर्दै आएको बताए।