८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

गान्धीजी लाई सम्झिदा मैले आफ्नो देशमा डा. केसी लाई सम्झिन्छु– पूर्वराष्ट्रपति यादव

गान्धीजी लाई सम्झिदा मैले आफ्नो देशमा डा. केसी लाई सम्झिन्छु– पूर्वराष्ट्रपति  यादव
अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले त्रि.वि. शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटगरी स्वास्थ्य अवस्था बुझ्नुभएको छ । 
.
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति यादव शुक्रबार त्रि.वि. शिक्षण अस्पतालमा पुग्नुभएको हो । डा. केसीलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सा शिक्षा सुधारको लागि जायज माग राखी सत्याग्रह गर्नुभएका डा. केसीले जनताको माग उठाएकाले वार्तामार्फत समस्या समाधान गर्न सरकारले छिट्टै पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । डा. केसीले राख्दै आउनुभएका मागहरु पुराहुने चरणमा रहेको सरकारले बताइसकेको अवस्थामा तत्काल वार्ताको वातावरण निर्माण गरी समस्या समाधान गर्न आग्रह समेत गर्नुभयो । आफ्नो ज्यानको प्रवाह नगरी सत्याग्रह मार्फत जनताको मागलाई उठाउँदै आएकाले डा. केसी राष्ट्रको सम्पत्तिको रुपमा रहनुभएको टिप्पणी समेत पूर्वराष्ट्रपति डा. यादवले गर्नुभयो । राष्ट्रकै अमूल्य सम्पत्तिको रुपमा रहेका डा. केसीको ज्यान बचउन पनि छिटो भन्दा छिटो वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।  

डा. केसीको यो १९ औं सत्याग्रह हो । विभिन्न माग राखि १९ दिन अघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्नुभएका डा. केसी अहिले त्रि.वि. शिक्षण अस्पतालमा रहनुभएको छ । चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी डा. केसी अनशनमा बस्नुभएको हो । तर सरकारले १९ दिन वित्दा समेत समस्या समाधानका लागि अहिले सम्म कुनै पहल गरेको छैन् ।