१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेव गौतमको मुद्दा शुक्रबार पनि हेर्दा हेर्दैमा, आगामी बुधबार पुनः सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत सदस्य वामदेव गौतमसंग सम्बन्धित रिटमाथिको सुनुवाइ शुक्रबार पनि सकिएन ।

प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्तिलाई राष्ट्रियसभामा  मनोनित गर्नु असंबैधानिक भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले  दायर गरेको रिटमाथिको सुनुवाई अब बुधबारका लागि तय भएको छ ।

रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई भै रहेको छ । 

पूर्ण इजलासमा सुनुवाई भएको छ ।असोज २ गते दर्ता भएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायधीश आनन्दमोहन भट्टराईले गौतमलाई तत्काल कुनै संवैधानिक जिम्मेवारी नदिन असोज ७ गते अन्तरिम आदेश दिनुभएको थियो ।