८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

“बालिका बधु” टेली सिरियलका निर्देशक ठेलागाडामा तरकारी बेच्दै

“बालिका बधु” टेली सिरियलका निर्देशक ठेलागाडामा तरकारी बेच्दै
अ+ अ-

भारतीय टेलिभिजन च्यानलबाट लामो समय प्रशारण भएको लोकप्रिय हिन्दी टेलिचलचित्र “बालिका बधु” का शृंखला निर्देशक आजभोलि भारतकाे उत्तर प्रदेशको आजमगढमा ठेलामा तरकारी बेच्दैछन् भन्ने सुन्दा जोकोहीलाई अनौठो लाग्न सक्छ । तर यी निर्देशक राम वृक्ष गौर आफ्नो परिवार पाल्न र रोजीरोटीका लागि ठेलामा तरकारी लिएर बस्न थालेका छन् ।

उनलाई यो अवस्थामा ल्याउन कोरोनाभाइरस महामारीले मुख्य भूमिका खेलेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

बालविवाहको पृष्ठभूमिमा तयार पारिएको यो टेलिशृंखलाका निर्देशक स्थानीय आजमगढबासीका लागि अनौठो मात्र होइन, स्थानीय संचार माध्यमका लागि समाचार पनि बनेका छन् । उनले स्थानीय पत्रकारहरुसँग भनेका छन्, “म एउटा फिल्मका बारेमा पृष्ठभूमि बनाउन यहाँ आजमगढ आएको थिएँ । हामी यहाँ आउनासाथ लकडाउन घोषणा गरियो र मुम्बई फर्किन सम्भव भएन । हामीले जुन प्रोजेक्टका लागि काम गर्दै थियौं त्यो रोकियो, र प्रोड्युसरले यो काम अर्को वर्ष वा त्योभन्दा बढी समय लाग्ने बताएका छन् । त्यसपछि मैले बुबाको व्यवसाय गर्ने निर्णय गरें र हाते ठेलागाडामा तरकारी बेच्न थालेको हुँ । मलाई यो व्यवसायका बारेमा थाहा छ र मलाई यो काम गर्न कुनै ग्लानी लागेको छैन ।”

उनले मुम्बईसम्मको यात्राका बारेमा पनि सुनाए । राम वृक्ष भन्छन्, “म आफ्ना साथी एवं लेखक शाहनवाज खानसँग १८ वर्षअघि सन् २००२ मा मुम्बई गएको थिएँ । मैले त्यतिबेला टिभी सिरियलमा शुरुमा प्रकाश विभागमा र पछि प्रडक्सन विभागमा काम गर्न थालें । मैले शुरुमा धेरै टेलि सिरियलको सहायक निर्देशकका रुपमा काम पाएँ । चर्चित बालिका बधुमा मैले शुरुमा शृंखला निर्देशक र पछि युनिट निर्देशकको रुपमा काम गरें ।”

राम वृक्षले भारतीय चलचित्रकर्मीहरु यशपाल शर्मा, मिलिन्द गुनाजी, राजपाल यादव, रनदीप हूडा, सुनिल सेठ्ठीका फिल्मका निर्देशकहरुसँग सहायक निर्देशकका रुपमा पनि काम गरिसकेका छन् ।

उनले एउटा भोजपुरी फिल्ममा काम गर्ने अन्तिम तयारी गरेका थिए भने एउटा हिन्दी फिल्ममा काम शुरु गर्नै लाग्दा कोरोना महामारी देखा पर्यो । उनी भन्छन्, “मैले मुम्बईमा घर बनाइसकेको छु र मलाई के आत्मविश्वास छ भने म फेरि मुम्बई फर्किने छु । त्यतिञ्जेल म यहाँ तरकारी बेचेर बस्नेछु ।”

बालिका बधु सिरियललाई नेपाली भाषामा पनि डबिङ गरेर प्रशारण गर्न थालिएकाे छ ।