२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरिया विमान दुर्घटना: १७७ जनाको मृत्यु, अवतरणका क्रममा पाङ्ग्रा खुलेनन्



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको मुआन विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्यसहित १८१ जना सवार थिए । १७७ शव बरामद भएको छ ।

दुई जनाको उद्धार टोलीले जिउँदै उद्धार गरेको छ । बाँकी दुई यात्रुको पनि मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा ८२ पुरुष र ८४ महिला रहेका छन् । ११ शवको अझै सनाखत हुन सकेको छैन ।

दुर्घटना नेपाली समय अनुसार आइतबार बिहान ५ः५२ मा (स्थानीय समय अनुसार ९ः०७)मा भएको थियो । बैंककबाट आएको विमान विमानस्थलमा अवतरण गर्न लागेको थियो तर ल्यान्डिङ गियरमा खराबीका कारण विमानको पाङ्ग्रा खुलेनन् ।

आपतकालीन अवस्थामा विमानको बेली ल्यान्डिङ गरिएको थियो । यसमा विमानको शरीर सिधै रनवेमा ठोक्किन्छ । यसै क्रममा विमान धावनमार्गमा चिप्लिएर विमानस्थलको बाउन्ड्री पर्खालमा ठोक्किएको थियो । विस्फोटसँगै आगो लागेको थियो ।

यहाँ रोयटर्सले रिपोर्ट गरेको छ कि दुर्घटना हुनु अघि मुआन एयरपोर्टको एयर ट्राफिक कन्ट्रोलर (एटीसी)बाट विमानसँग चरा ठोक्किएको बारे अलर्ट पठाइएको थियो । यो पनि विमानको ल्यान्डिङ गियरमा खराबीको कारण हुन सक्छ ।

दुर्घटना भएको जेजु एयरलाइन्सको विमान अमेरिकी कम्पनी बोइङको ७३७–८०० नम्बरको विमान थियो । विमानले दुई पटक विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो । ल्यान्डिङ गियर नखुलेपछि पहिलो पटक विमान अवतरण हुन सकेन । त्यसपछि विमानले विमानस्थलको परिक्रमा गरेको थियो ।

दोस्रो पटक, पाइलटले ल्यान्डिङ गियर बिना नै विमानलाई बेली ल्यान्ड गर्ने निर्णय गरे । धेरै मिडिया रिपोर्टका अनुसार चरा विमानको पखेटामा ठोक्किएको दाबी गरिएको छ । जसका कारण ल्यान्डिङ गियर बिग्रियो र अवतरण गर्दा खुल्न सकेन ।

मुआन एयरपोर्टका फायर अफिसरले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै विमानमा लागेको आगो नियन्त्रणमा आएको बताए । तर, आगो निभाउन ४३ मिनेट लागेको थियो ।

अधिकांश यात्रु विमानको पछाडिको भागमा थिए । विमानमा सवार यात्रुमध्ये १ सय ७३ दक्षिण कोरियाली र २ थाई नागरिक थिए । मिडिया रिपोर्टका अनुसार बाँचेका दुबै चालक दलका सदस्य हुन् ।