७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि
अ+ अ-

काठमाडौँ । नेपल रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रिय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ ।

रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो । यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने संक्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ । केन्द्रिय रक्तसञ्चार सेवामा र्यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधवारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको शुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताउनु भयो ।

उहाँले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढंगले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताउनु भयो । उहाँले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरु फैलनबाट पूर्णरुपमा रोक्न क्लियाले सहयोग गर्ने बताउनु भयो । उहाँले यसअघि ¥यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकोमा १५ दिन अघिको रगतको संक्रमण थाहा पाउन सकिने बताउनु भयो । उहाँले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठूलो सहयोग पु¥याउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो मेसिनलाई हामीले क्लिया भन्छौं । यसभन्दा पहिले हामीले इलाइजा प्रविधिमा रगत जाँच गर्ने गर्दथ्र्यौं । त्योभन्दा पहिलेको कुरा गर्ने हो भने हामी आरडिटी मेथडबाट रगत चाँज गर्नको लागि र्यापिड विधिबाट छिटोछरितो तरिकाबाट गर्ने गर्दथ्यौं । तर दुईवटै प्रविधिहरुमा निकै फरक रहेछ । कसैले पनि रक्तदान गरिसकेपछि ब्लड बैंकको दायित्व भनेको सेफ ब्लडको अभ्यास गर्नु रहेछ । यो विश्व स्वास्थ्य संगठनले भनेको हो । नेपालको लागि चार वटा जाँचहरु अनिवार्य गरेको रहेछ । एचाआईभी एड्स । त्यसमा पनि एचआईभी वान, टु एण्डीबडी, त्यस्तै एससिबीको एन्टीबडी, हेपटाईटीस बीको एन्टीबडी र सिपिक्सको एन्टीबडी यी चार वटा टेस्ट गर्दाखेरि हामीले ¥यापिड टेस्टबाट पनि गथ्र्यौं । तर त्यसमा विण्डो पिरियडलाई क्याच नगर्दो रैछ । विण्डो पिरियड भनेकै कुनैपनि जीवाणु डोनरको जिउमा आउनु र त्यो केही दिनसम्म नदेखिनु ।’

‘कसैमा ९० दिन र कसैमा ६ महिनासम्म पनि देखिँदैन । त्यो नदेखिनुको कारण यसमा डिटेक्सन लेभलसम्म यसको एन्टिबडी नबनिसकेको अथवा भाइरल रोग त्यहाँसम्म नपुगिसकेको र त्यो किटको जुन सेन्सेटिभिटी समेत एक्लियाको तुलनामा कम हुँदो रहेछ । तर आजको हामीले जुन क्लिया मेसिन किनेर ल्याएका छौं । त्यो निकै हाई सेन्सिटिभिटी रहेछ । यसको सेन्सिटिभिटी ९९।९ प्रतिशत रहेको छ । यसले गर्दा हामीलाई फाइदा के भयो भने विश्व स्वास्थ्य संगठनले भनेको सेफ ब्लडको अभ्यासका लागि यसले थप बल पु¥याएको छ । हामीले लिएको रगत ठिक छ कि छैन भनेर यसले थप सत्यता जाँच्दो रहेछ । सेफ ब्लडको लागि २१औँ शताब्दीमा यसले ठुलो फड्को मारेको छ । हामी नेपालीको लागि पनि हामीले आजको दिनमा यो प्रविधि प्राप्त गर्यौं । यसको लाभ हाम्रो विरामीहरुले लिने हो । यस प्रविधिले यदि मान्छेमा १४ दिनअघि मात्र कुनै व्यक्तिमा इन्फेक्सन भएको रहेछ भने पनि देखाउने भएकाले सहज भएके छ । यसले हामीलाई इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नको लागि ठुलो सहयोग पु¥याउने छ । यो मेसिन ल्याएको हामीले १५ दिनजति भयो तर हामीले शुरु गरेके भर्खर १० गतेदेखि हो । दुई, तीन दिन भएको छ । यसलाई निरन्तर चलाउने हाम्रो निरन्तर प्रयास रहनेछ ।’

पछिल्लो समय रगतको माग बढ्दै गएपनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा संक्रमणको रागेहरुको जोखिम बढेको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्दै आएका थिए । रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुंगा सावित हुने उहाँको विश्वास छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरुको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताउनु भयो । क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रुपमा बढेको उहाँले बताउनु भयो । उहाँले उक्त प्रविधिको माध्यमबाट रगतको माध्यमबाट सर्ने रोगहरुलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताउनु भयो । उहाँले बिस्तारै रेडक्रशका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताउनु भयो । देशभरका रक्तसञ्चार केन्द्रहरुमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको शुरुवात भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य के हो भने हाम्रो विन्डो पिरियडमा छिटो डिटेक्ट गरेर रगतको सुरक्षालाई बढाउने हो । यदी हामीले रगतजाँचका अन्य प्रयासहरु ग¥यौं भने ६ महिनाको लागि विन्डो पिरियड डिटेक्ट गर्छ एलाइजा गर्यो भने तीन महिनाको गर्छ । त्यसो हुँदा त ९० दिनमा पनि कोहीमा इन्फेक्सन भयो भने डोनेसन गर्नसक्छ । यो क्लिया मेथोडोलोजि हो । यसले १२ देखि १५ दिनको इन्फेक्सनलाई डिटेक्ट गर्छ । १८० दिनबाट हामी १२ दिनमा पुगेका छौं । रगतको सुरक्षा गुणात्मक रुपमा बढ्यो । यसले चार वटा इन्फेक्सिक डिजिजलाई रगतको माध्यमबाट सर्नको लागि बढीभन्दा बढी होशियारी अपनाउन सक्छौं । यो मेसिन केन्द्रिय कार्यालयमा मात्र चलाएर हुँदैन । यस्ता मेसिनहरु देशभर एकैनासको हुनुपर्दछ । त्यसैले देशभर जति पनि रक्तसञ्चार केन्द्रहरु छन् सबैमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्छ भन्ने कुराको पहल हामीले शुरुवात गरेका हौं ।’

यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनहरुले देखाएको थियो ।