८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा पाँच गैँडा मरे
अ+ अ-

नवलपुर । चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुईरदुईवटा गैँडा मरेका हुन् । भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको रामले जानकारी दिए । “यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चारवटा गैँडा कालगतिले मरेका छन्”, निकुञ्जका सूचना अधिकारी रामले भने, “भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ ।”

चितवन राष्ट्रिय निकुञ्जमा यो आव शुरु भएपछि साउन १७ गते पहिलो गैँडा मृत फेला पारेको थियो । त्यसपछि भदौ ६ मा पनि निकुञ्जभित्र मृत गैँडा फेला परेको थियो । रामका अनुसार ती दुवै मृत फेला परेका गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै निकुञ्जभित्र भदौ २१ गते पनि मृत गैँडा भेटिएकामा त्यो गैँडा कालगतिले नमरेको रामले बताए । “भदौ १६ गते निकुञ्जको सुरक्षा टोलीले गोली पड्केको आवाज सुनेपछि खोजीमा गएको निकुञ्ज प्रशासन र सेनाको टोली निस्किएको थियो”, रामले भन्नुभयो, “खोजीमा निस्किएको टोलीले पाँच दिनपछि भदौ २१ गते बाँदरझुला टापुको घोलमा मृत गैँडा फेला पार्यो ।” भदौ २१ गते मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित भेटिएको भए पनि टाउकोमा गोली लागेको घाउ भेटिएको उनले बताए । टाउकोमा गोलीको घाउ देखिएको मृत गैँडाको परीक्षणका क्रममा गोली भने फेला नपरेको रामले जानकारी दिए ।

त्यस्तै असोज महिनामा १६ र १७ गते गरी दुईवटा गैँडा मृत अवस्थामा भेटिएका छन् । असोज १६ गते शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो । शुक्रबार भेटिएको मृत गैँडा एकरदुई महिनाअघि मरेका हुनसक्ने अनुमान गरिएको छ । सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित भेटिएको रामले बताए । त्यस्तै शनिबार मात्रै पनि नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ । गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पु¥याएको हुनसक्ने सूचना अधिकारी रामले बताए । निकुञ्जबाट नदीमा बग्दै गएका अन्य कम्तीमा दुईवटा गैँडा त्रिवेणी क्षेत्रमा रहेका छन् । ती बग्दै गएका गैँडाहरु कहिले सुस्तातर्फको उखुबारीमा त कहिले भारतीय क्षेत्रमा आवतजावत गर्ने गरेको निकुञ्जले जनाएको छ ।

दुर्लभ जनावर एकसिङ्गे गैँडाको मुख्य बासस्थानको रुपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा भेटिएका थिए । पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण ठूलो सङ्ख्यामा गैँडा मरेका छन् ।
 
निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन् । त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए भने चालू आव २०७७/७८ मा पाँचवटा गैँडा मरिसकेका छन् । चितवन राष्ट्रिय निकुञ्जले गत वर्ष गैँडा गणना गर्ने तयारी गरेको भए पनि कोरोना महामारीका कारण गणना प्रभावित भएको थियो । गत वर्ष हुननसकेको गैँडा गणना यस वर्ष हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । त्यस्तै निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको बरालको भनाइ छ ।