७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
अ+ अ-

धरान, (सुनसरी) । जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् ।

गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन ।”

गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

“क्षति पुगेका केही शौचालय र मन्दिरलाई मर्मतसम्भार गरिए पनि दिगो तटबन्ध हुन नसक्दा बस्ती उच्च जोखिममा छ । धार्मिक तीर्थाटनलाई अभिवृद्धि गर्न बलियो तटबन्ध निर्माण गरेर धार्मिक पर्यटनसँग जोड्नेमा स्थानीय सरकारले पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

बाढी आएर कटान गरेकाले बराहक्षेत्र मन्दिर परिसरका ५५ भन्दा बढी परिवार उच्च जोखिममा परेका नगरप्रमुख कार्कीले जानकारी दिनुभयो । कोशीमा आउने पानीको बहावले भेट्ने ठाउँ बढी भएकाले कम बजेटले तटबन्ध लगाउन नसकिने भन्दै उहाँले प्रदेश र सङ्घीय सरकारसँग सहयोगका लागि अनुरोध गरिएको बताउनुभयो ।

तीन पुस्तादेखि बसोबास गर्दै आइएको बराहक्षेत्र मन्दिर परिसरको बस्ती स्थानान्तरण गरी विकास गर्ने विषयमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बराहक्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विकास भन्दा पनि कसरी संरक्षण गर्ने भन्ने महत्वपूर्ण विषय हो । सबै राजनीतिक दल, स्थानीय प्रतिनिधि, सरोकार भएका निकायले सहकार्य र समन्वय गरी यो पुण्यभूमि बचाउनतिर लाग्नुपर्छ ।”

नदी किनारमा रहेको मन्दिर परिसरमा चेकड्याम (तटबन्ध) निर्माण गरी सुरक्षा गर्न मन्दिर गुठी व्यवस्थापन समितिले रु छ लाख खर्च गरेर गुरूयोजना बनाएको छ । गुरूयोजनामा तटबन्ध निर्माणदेखि पार्क, गौशाला र स्नान घाटलगायत योजना समावेश गरिएको समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । रासस