८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुन्छ : डिआइजी पोखरेल

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुन्छ : डिआइजी पोखरेल
अ अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ । 

प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताउनुभयो । प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआइजी) पोखरेलले कुनै पनि कुरामा कमजोरी गर्न नहुने, व्यवहार र आचरणमा आँच आउने काम नगर्न पनि उहाँले निर्देशन दिनुभयो । ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा व्यक्तित्व, शैक्षिक र क्लोज ट्रेनिङको हिसाबले उम्दो संगठन भएको पनि उहाँले बताउनुभयो ।

कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नुपरेको अफ्ठ्यारो, असहजता र कठिनाई कसैसँग पनि तुलना गर्न नसकिने उहाँले बताउनुभयो । सबैभन्दा बढी वजोखिमा रहेको काम गर्ने राष्ट्रसेवकमा ट्राफिक प्रहरी पनि अग्र स्थानमा रहेको उहाँले बताउनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) भीम ढकालले आफ्नो समस्या लुकाएर भएपनि जनताको सेवामा २४ घण्टामा नै खटिएको बताउनुभयो । उहाँले कोभिड सुरु भएपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन, नागरिकलाई कोभिडबाट बचाउने र जोखिममा रहेर काम गर्ने अधिकृत र जवान एकजुट भएर अगाडी बढीरहेको बताउनुभयो ।

डिआइजी पोखरेलले आज प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवन र हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन सफ्टवेयरको उद्घाटन गर्नुभएको हो ।