७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह

तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेर भन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताउनु भयो । उहाँले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताउनु भयो । उहाँले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिनुभयो । उहाँले उक्त जग्गा सरकारले लुटेर राखेको र पक्रिया अघि बढिरहेको कुनैपनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गर्नुभयो । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो कार्यक्रमको लागि जग्गा उपलब्ध गराइदिनुभएकोमा जग्गाधनीलाई पनि विशेष धन्यवाद । पचासौँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरुले मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा अपोजिसनले मान्छ की मान्दैन, मुआब्जा दिन भनिन्थ्यो, कहिले अर्को सरकार हुँदा अरु बहुमत हुनेले मान्छ की मान्दैन भन्ने हुन्थ्यो । यसपालि बहुमत दुई तिहाईको सरकार छ । तर पनि केही गरेकै छैन । कोही नेता घरमा आश्वासन दिन आउनुभएको छ ? तपाईंहरुको प्रोसेसमा छ, तपाईंहरुको काम हुँदैछ भन्यो भने नपत्याउनु होला । कुनैपनि प्रोसेस भएको छैन । केही काम भएको छैन । अहिलेसम्म यहाँको मुआब्जा दिनलाई सरकारले व्यक्तिको जग्गा एक हिसावले लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनैपनि प्रोसेस भएको छैन । यसको लागि चाँडै होस् भन्ने अब शुभकामना मात्रै दिन सकिन्छ । किनभने अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्नसक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै सञ्चालन आफ्नै, सबै आफ्नै । हाम्रो त अझ वडा अध्यक्ष पनि त्यही सरकारको, प्रधानमन्त्री, अर्थमन्त्री त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन । यो यथाशिघ्र समाधान होस् । हाम्रो त उमेर भन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको । के भन्नु र ? यहाँको मान्छेले दुःख पाउनुभएको छ ।’

मेयर साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताउनु भयो ।