८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राजधानीमा निषेधाज्ञा गर्ने संकेत ! सरकारले भन्यो- जहाँ छौँ, त्यहीँ दशैँ मनाउँ

राजधानीमा निषेधाज्ञा गर्ने संकेत ! सरकारले भन्यो- जहाँ छौँ, त्यहीँ दशैँ मनाउँ
अ+ अ-

काठमाडौं । नेपाल सरकारले देशबासीलाई जहाँ छौँ, त्यहीँ दशैँ मनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षको दसैं जो जहाँ छ, त्यही स्थानमा मनाउन अपिल गरेको हो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन सरकारले विशेष आग्रह गर्ने बताए । उनले यस पटकको दशैँमा समन्वय गर्ने र त्यही अनुसार सन्देश प्रवाह गर्नुपर्ने जानकारी गराए।

काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमणको अवस्था निकै नै खराब भएको भन्दै मन्त्रालयले यस वर्षका दशैँ र तिहारजस्ता चाडबाडमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
पहिलेका वर्षहरुमा दसैंमा लाखौं मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने गर्दथे ।

यसवर्ष पनि त्यस्तै भयो भने संक्रमणको उच्च जोखिम हुने भन्दै सो आग्रह गरिएको मन्त्रालयले जनाएको छ । आइतबार मात्र उपत्यकामा एक हजार ५ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ। आज देशभर थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र ७० प्रतिशत छन्। पछिल्ला दिनहरुमा देशभर देखिएका संक्रमणहरुमध्ये धेरै काठमाडौं उपत्यकामा नै देखिने गरेका छन् ।
 
यसैबीच प्राप्त समाचारअनुसार सरकारले यसवर्ष दशैँ तिहारका समयमा नागरिकलाई काठमाडौंबाट भित्रबाहिर गर्न नदिने र यदि अबका केही दिनमा ठूलो संख्यामा मानिसहरु दशैँका लागि घर फर्किने अवस्था देखियो भने सरकारले निषेधाज्ञाको पनि तयारी गरेको बुझिएको छ ।  

यसअघि पनि स्वास्थ्य मन्त्रालयले देशमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने राजधानी भित्र र बाहिर सवारी ओहोर दोहोर गर्न नपाउने गरी निषेधाज्ञा गर्नुपर्ने प्रस्ताव गरेको थियो ।