२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

कक्षा १२ को परीक्षा लिखितरुपमै लिईने तयारी

कक्षा १२ को परीक्षा लिखितरुपमै लिईने तयारी
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताएका छन् । उनले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पारेका छन् । परीक्षासम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उहाँले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताए ।

मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिरयता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गरे । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ ।मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताए। उनले भने– ‘यस्तो अवस्थामा भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर मात्र परीक्षा गर्ने तयारी भइरहेको छ ।’ मन्त्रालयले सबै विधि र प्रक्रिया तयार गरी गएको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेको थियो । गएको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ को परीक्षाको विषयलाई प्राथमिकतामा नराखी राजदूत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेको थियो ।

कक्षा १२ को विषयमा कहिले निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालयका ५ सहित झन्डै ७५ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै काम बन्द गरेका छन्। यस्तो अवस्थामा परीक्षाको विषयका निर्णय हुन सक्ने अवस्था देखिँदैन । मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को बैठकमा कक्षा १२ को परीक्षाको विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । मन्त्री पोखरेलले मन्त्रिपरिषद्मा सबै विज्ञ र सरोकारवालासँगको निर्णयको आधारमा कक्षा १२ को परीक्षा लिखितरुपमा लिनुपर्ने निष्कर्ष निकाल्दै सोही प्रस्ताव पेस गरेका छन् । मन्त्रिपरिषद्ले निर्णय गरेलगत्तै बोर्डले परीक्षा लिने प्रक्रिया थाल्नेछ ।

बोर्डले भदौमा पेस गरेको परीक्षासम्बन्धी प्रतिवेदनमाथि मन्त्रालयमा पटकपटक छलफल भएको थियो । बोर्डले तयार गरको प्रतिवेदनमा विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखितरुपमै परीक्षा लिनुपर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मन्त्रालयले निर्णय गर्नासाथ सूचना जारी गरी परीक्षा लिने तयारी थालिने बताए । बोर्डले सबै प्रदेश कार्यालयमार्फत विद्यार्थीको अवस्थाबारे तयारी गरिरहेको छ । बोर्डले विद्यालयको सम्पर्कमा नआएका विद्यार्थीको यकिन संख्या तयारी गर्ने क्रम शुरू गरेको छ । मन्त्रालयले सोही तथ्यांकको आधारमा लिखित परीक्षाको विधि तयार गर्नेछ ।

मन्त्रालयले दुर्गम र पहाडी जिल्लामा होम सेन्टर वा शहरबाट गाउँ गएका विद्यार्थीको हकमा नजिकैको विद्यालयमा भए पनि परीक्षा लिन सक्ने गरी तयारी थाल्न बोर्डलाई निर्देशन दिइसकेको छ । तर बोर्डले कहिले परीक्षा हुने भन्ने विषयमा मन्त्रालयसँग जानकारी लिइरहेको छ । मन्त्रालयले विद्यार्थीलाई कुनै पनि समस्या नपर्ने गरी परीक्षा सञ्चालन गर्ने तयारी थाल्न बोर्डलाई निर्देशन दिएको छ । तर ६ महिनादेखि समयैमा निर्णय नगर्दा उच्च शिक्षा अध्ययन गर्ने तयारीमा रहेको करिब ४ लाख २६ हजार विद्यार्थीको भविष्य अन्योल हुने अवस्थामा पुगेको छ । कक्षा १२ को परीक्षा नहँुदा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई समस्या परेको छ ।

हिमाली जिल्लामा असम्भव
असोजमा परीक्षा तालिका सार्वजनिक नगरे हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने भएको छ । मंसिर अन्तिमदेखि उच्च हिमाली जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, रसुवा र मुगुमा हिमपात हुने भएकाले ती जिल्लामा मंसिर अन्तिममा परीक्षा सकिने गरी तयार गर्नुपर्ने हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा चरणबद्ध परीक्षा लिनुपर्ने उल्लेख गर्दै पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा सञ्चालन गर्नुपर्ने जनाएको थियो ।

मन्त्रालयले असोज महिनाभित्र निर्णय गरी मंसिरको पहिलो सातादेखि हिमाली र उच्च पहाडी जिल्लामा परीक्षा सञ्चालन गर्ने तालिका तयार नगरे ती जिल्लामा यो वर्षको परीक्षा सम्पन्न गर्न असम्भव देखिन्छ । मंसिरमा परीक्षा नभए केही पछि हिमपात हुने जुम्ला, बझाङ, ताप्लेजुङ, बाजुरालगायत उच्च पहाडी जिल्लामा समेत परीक्षा लिन नसकिने बोर्डले औंल्याएको छ । नेपाल समाचारपत्र दैनिक