२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

मानव स्वास्थ्यसंग खेलबाडः उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री पठाउने गिरोह

मानव स्वास्थ्यसंग खेलबाडः उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री पठाउने गिरोह
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको हो । प्रहरीले आइतबार मात्रै करिब १४ सय प्रकारका त्यस्ता खाद्य सामग्री भेटिएको जनाएको छ । गिरोहले त्यस्ता सामग्री बजारबाट उठाएर महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी बजारमा पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले आइतबार कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको हो । अन्य सामग्री भने पहिचान हुँदै छ । प्रहरीले विशेष सूचना र दुई हप्ताको सूक्ष्म अनुसन्धानपछि आइतबार तथा गत बिहीबार गरेको अप्रेसनका क्रममा राजधानीका कलंकी र बाफल क्षेत्रबाट गरी करिब २५ करोड मूल्य बराबरका सामानमा नयाँ डेटसहितको लेभलिङ गर्दै गर्दा सिल गरिएको जनाएको छ । आइतबार मात्रै कलंकीको एएसटी प्रालिको गोदामबाट करिब ४ करोड मूल्य बराबरको त्यस्ता खाद्य सामग्री बरामद भएको थियो । सो गोदाममा तेल, चेरी, पिठो जस्ता बेकरी सामानमा नयाँ लेभलिङ गर्दैै गरिएको अवस्थामा छापा हानिएको कालिमाटीका डीएसपी अपिलराज बोहोराले जानकारी दिए । प्रहरीले सो कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत समस्तीपुर, विहारका ५२ वर्षीय अनिलकुमार बंका, आनन्दकुमार अवस्थी, रस्मिता श्रेष्ठ र विनोद ओझा छन् । अवस्थी लेखापाल, श्रेष्ठ म्यानेजर र ओझा स्टोर किपर हुन् । पक्राउ परेका बंकासहित हाल फरार प्रविन बंका र किरणदेवी अग्रवाल गरी तीन जनाको नाममा गोदाम छ । फरार अन्य सञ्चालकलाई भने प्रहरीले खोजी गरिरहेको छ । यस्तै, गत बिहीबार महानगरीय अपराध महाशाखाले विशेष सूचनापछिको सूक्ष्म अनुसन्धानबाट राजधानीका बाफल र कलंकी क्षेत्रबाट नै पाँच वटा गोदाम, ट्वाइलेट र बाथरुममा राखिएका त्यस्ता खाद्य सामग्री नियन्त्रणमा लिई सिल गरेको थियो । सो क्रममा बजारबाट म्याद गुज्रिएका सामान ल्याउँदै गरेको मिनिट्रकसमेत नियन्त्रणमा लिइएको थियो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खालका म्याद गुज्रिएका चकलेट, बिस्कुट जस्ता सामग्री बजारबाट उठाउने र नयाँ डेट राखेर बजारमा पठाउने गरेको पाइएपछि गोदाम नै सिल गरिएको बताए ।

‘बजारबाट म्याद सकिएका सामान उठाउने र नयाँ लेभल लगाएर पुनः बजारमा नै पठाउने गरिएको पाइयो, ती खाद्य सामग्री बजारमा पठाएर मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको देखिन्छ । गोदाम सिल गरेर थप अनुसन्धान र कारबाही हुँदै छ,’ महाशाखा प्रमुख थापाले भने । महाशाखाले गत बिहीबारको अप्रेसनका क्रममा कलंकीस्थित आयन डिस्टिब्युटर्स प्रालिबाट रिलेभलिङ गर्ने एउटा मेसिन र बाफलस्थित अमजोन डिस्टिब्युटर्स प्रालिबाट म्याद गुज्रिएका ओरियो बिस्कुट, स्निकर्स चकलेट, बर्न भिटा, प्रिंगल्सलगायतका खाद्य सामग्री राखिएको गोदाम सिल गरेको थियो । प्रहरीले सो कार्यमा संलग्न सञ्चालक तथा कामदार र सवारी साधनहरूसमेत आवश्यक अनुसन्धान कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाएको छ ।

गत बिहीबार भने सो कार्यमा संलग्न आठ जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा झापा चन्द्रगढी घर भई पुतलीसडक न्युप्लाजा बस्ने पुष्पादेवी अग्रवाल, भारत राजस्थान बिकानेर श्रीडुंगरगढ घर भई बाफल बस्ने रोनक बोथ्रा, रौतहट गौर घर भई बल्खु बस्ने मुन्ना ठाकुर र पप्पुकुमार ठाकुर, महोत्तरी भग्रामका श्यामप्रसाद सिंह, धादिङ गल्छी घर भई कुलेश्वर बस्ने रामबहादुर बयलकोटी, धादिङ निलकण्ठ घर भई कलंकी बस्ने सीताराम उपरकोटी र धादिङ सिद्धलेख घर भई बाफल बस्ने दिलिप थापा मगर छन् । सो क्रममा बा२०च १०९, बा१६च ५७०४ र बा१९च ४९०५ नम्बरका सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेकाहरूमाथि मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेकोसहित कालोबजारीसम्बन्धी कसुरमा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । राजधानी दैनिक