२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

बझाङ सुनकुडाकी २१ वर्षीया युवतीः ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना

बझाङ सुनकुडाकी २१ वर्षीया युवतीः ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना
अ अ+ अ-

बझाङ । ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बलात्कार गरेर गर्भपतन गराएको खुलेको छ । लगातारको बलात्कारका कारण कान्छा ससुराको गर्भ रहेपछि जुसमा औषधि मिलाएर पिउन दिई गर्भपतनसमेत गराएको उनले बझाङका जनप्रतिनिधिसमक्ष बताएकी छन् । आइतबार बिहान उनलाई भेट्न जिल्ला अस्पताल बझाङ पुगेका प्रतिनिधिसभा सदस्य आशाकुमारी विक र तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडासमक्ष आफ्नो पीडा पोख्दै घटनाबारे जानकारी गराएकी हुन् । २०७५ कात्तिक ७ गते फुपूसासू नाता पर्ने महिलाले आफू र श्रीमान्लाई बच्चा हुने उपचार गर्न भन्दै बित्थडचिर गाउँपालिकाको सुनकुडा गाउँ (पीडित युवतीको घर) बाट धनगढी लगेको युवतीले बताइन् । दुई सातासम्म त्यहाँ उपचार गरेपछि ‘बच्चा नहुनुमा कसको कमजोरी हो पत्ता लागेन, यहाँ जाँच गर्ने मेसिन बिग्रेको रहेछ, तिमीहरू दिल्ली जाऊ, दाइ उतै हुनुहुन्छ, उतै उपचार गर्नू’ भनेर श्रीमान् र आफूलाई दिल्ली पठाएको उनको भनाइ छ । कात्तिक २१ गते उनीहरूलाई लैजान दिल्लीबाट कान्छा ससुरा आएका थिए ।

धनगढीबाट हिँडेको भोलिपल्ट नै उनीहरू दिल्लीको आनन्द विहार नजिक कान्छा ससुराको कोठामा पुगे । त्यहाँ कान्छी सासू पनि सँगै बस्थिन् । केही दिनसम्म उपचारका लागि भनेर श्रीमान्लाई केही अस्पतालमा जाँच गरिए पनि आफूलाई कतै नलगेको युवतीले बताइन् । एक सातापछि भने कान्छा ससुराले युवतीका श्रीमान्लाई उनको कोठाभन्दा निकै टाढा काम खोजेर उतै बस्ने व्यवस्था गरिदिएका थिए । त्यसपछि कान्छा ससुरारसासू र उनी मात्रै एउटै कोठामा बस्न थाले । ‘सुत्ने कोठा एउटै थियो, ससुरा र सासू खाटमा सुत्थे । ठीक तल भुइँमा मेरो बिस्तरा थियो,’ पीडित युवतीले भनिन्, ‘श्रीमान् बाहिर बस्न थालेको दोस्रो रात नै सुतेको बेला ससुराले मेरो इज्जत लुट्यो । तर सासूले थाहै नपाए जस्तो गरिन्,’ उनले भनिन् । बिहान सासूलाई घटनाबारे सुनाउॅदा ‘यस्तो भइहाल्छ, घरभित्रको कुरा बाहिर भन्नु हुँदैन’ भनेर सामान्य रूपमा लिएको उनले बताइन् । ससुराले भने, ‘यस्तो कुरा कसैलाई भने मारेर गायब गरिदिने’ धम्की दिए । ‘दिल्लीमा मेरो चल्छ । यस्तो कुरा कसैलाई भनिस् भने मारेर नालीमा फाल्दिन्छु । तेरो पोइलाई पनि नभन्नु भनेर धम्काए,’ पीडित युवतीले भनिन् । त्यसपछि उनीमाथिको बलात्कार शृंखला लगातार तीन महिनासम्म चल्यो । उनका अनुसार सासू बिउँझै भएको बेला पनि ससुराले इज्जत लुट्थे । सासू कहिले थाहा नपाए जस्तो गर्थिन्, कहिले हेरेर हाँस्थिन् । तीन महिनासम्म महिनावारी नभएपछि उनलाई ससुराले एक दिन कालो जुस खान दिएका थिए । त्यही जुस खाइसकेपछि आफ्नो गर्भपतन भएको थाहा पाएको युवतीले सुनाइन् ।

श्रीमान् र ससुरामा मानवता हराएपछि
कान्छा ससुराको बर्बर यौन शोषणबाट मुक्त हुन चाहन्थिन् उनी तर सहयोग गर्ने कोही थिएन । ‘मलाई कुटपिटसमेत गरेर धेरै दुःख दिन थाले, यहाँ बस्न सक्दिनँ, मेरो बुबा भएको ठाउँ जान चाहन्छु भनेर एक दिन ससुराकी मालिक्नीसँग रुँदै सबै कुरा सुनाएँ,’ उनले भनिन्, ‘त्यसपछि मालिक्नीले यसको घर पुर्‍याउने खर्च म दिन्छु, तुरुन्त यसको बुबाको घरमा पुर्‍याएर आऊ भनिन् । त्यसपछि मलाई काका ससुराले बझाङ ल्याएका हुन् ।’

बझाङ अस्पतालमा घटनाको विवरण सुन्दै गरेकी सांसद आशा विकले आँसु थाम्न सकिनन् । उनले आफूले यस्तोसम्म हुन सक्छ भनेर कहिले कल्पना नगरेको बताइन् । ‘घटना सुन्दा मेरो हातखुट्टा काँपे, रिंगटा लाग्ला जस्तो भयो,’ उनले भनिन्, ‘सुन्नै नसकिने घटना यिनले कसरी भोगिहोलिन् भन्ने कुराले झन् भाउन्न भएर आयो ।’ पीडितलाई भेटेलगत्तै सांसद विक र संविधानसभा सदस्य अफिलाल ओखेडाले जिल्ला प्रहरी कार्यालय पुगेर डीएसपीसँग भेटघाट गरेका थिए । ‘यस्तो कहालीलाग्दो घटनामा संलग्न अपराधीलाई कुनै हालतमा छोड्नु हुन्न भनेर आएका छौं,’ ओखेडाले भने, ‘प्रहरीलाई अनुसन्धानमा सघाउन केन्द्र र प्रदेशका जनप्रतिनिधिहरूलाई पनि दबाब दिनेछौं ।’

पीडितलाई भेट्न गएका अर्का प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले आततायी प्रकृतिको यो घटनाले आफूलाई स्तब्ध बनाएको बताए । उनले अपराधीलाई कानुनी कठघरामा ल्याउन आफूले सक्दो पहल गर्ने बताए । यसैबीच, मानसिक रोग विशेषज्ञ र परीक्षण गर्ने प्रविधिको अभावमा पीडित युवतीको उपचारमा समस्या भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । ‘यहाँ उपलब्ध साधनस्रोतको आधारमा हामीले उपचार गरिरहेका छौं । पहिलाभन्दा निकै सुधार पनि भएको छ,’ जिल्ला अस्पताल प्रमुखडा। सन्दीप ओखेडाले भने, ‘उनलाई पूर्ण रूपमा निको पार्नका लागि विशेषज्ञ सेवासहितको उपचार चाहिएको छ । त्यो यहाँ सम्भव छैन ।’ उनले पीडितको उपचार र पुनःस्थापना सँगै गर्न सके राम्रो हुने सुझाव दिए । छोरीको न्यायका लागि भारतमा गर्दै आएको चौकीदारी छोडेर नेपाल आएका उनका काकाले जिल्लाबाहिर लिएर उपचार गराउन सक्ने आफ्नो आर्थिक हैसियत नभएको बताए । ‘यसको घटना भएदेखि काम पनि गर्न पाएको छैन । अहिलेसम्म उपचार गर्दा र भारतबाट बझाङ ल्याउँदा भारु दुई लाखभन्दा बढी खर्च भइसक्यो,’ उनले भने, ‘एक लाखजति ऋण परेको छ । बाहिर लिएर उपचार गर्न सक्ने अवस्था छैन ।’ युवतीका बुबा हाल अशक्त अवस्थामा छन् ।

बुंगल नगरपालिका–२ की ओखेडा दलित परिवारकी युवतीको तीन वर्षअघि बित्थडचिर गाउँपालिका–७९ का दलित युवकसँग बिहे भएको थियो । सानैमा आमाले छाडेपछि काकाले नै संरक्षण गरी २०७४ असारमा बिहे गराइदिएका हुन् । बच्चा नभएकाले उपचार गर्न भन्दै फेरि श्रीमान्सहित सासूससुरा र नन्दले उनलाई भारत लिएर हिँडे । त्यसपछि उनीमाथि श्रीमान्, ससुरा र उतै रहेका नन्दका श्रीमान्ले बलात्कारका साथै बर्बर यातना दिन थाले । आफूहरूलाई चित्त नबुझेका बेला नचिनेका मान्छे ल्याएर पैसा लिँदै वेश्यावृत्तिमा लगाउने गरेको उनी बताउँछिन् । त्यो बेला आफ्नै ससुराले समेत उनको गर्भपतन गराएका थिए । बच्चा जन्माउनका लागि झारफुक गर्न भन्दै उनीहरूले तमिलनाडुको मसानघाटसमेत पुर्‍याएको र मरेको मान्छेको हड्डी कुटेर खुवाएको पनि युवतीले बताइन् । ‘राति मलाई नांगै बनाएर मान्छेको लास बोक्ने बाकसमा राखेर मसानघाट लगे,’ उनले भनिन्, ‘त्यहाँ लगेर मरेको मान्छेको हड्डी कुटेर खुवाए । खान्न भन्दा मारेर यतै फाल्छु भनेपछि डरैडरले खाएँ ।’ मसानघाटबाट ल्याएको हड्डी घरमा समेत केही दिनसम्म जबर्जस्ती खान दिएको उनले बताइन् । यसपटक भने उनी भारतीय नागरिकको सहयोगमा काकाको सम्पर्कमा आएकी हुन् । उनै काकाले भदौ पहिलो साता बझाङ ल्याएर उपचार गराइरहेका छन् । कान्तिपुर दैनिक